पोखरा हटलाईन,
नक्कली सुन धितोमा राखी कर्जा लिई ठगी गर्ने १ जना लाई जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले पक्राउ गरेको छ।पर्वत कुश्मा नगरपालिका वडा नं.०३ स्थायी घर भई हाल कास्की पोखरा म.न.पा. वडा नं.१८ सराङकोट बस्ने अभिसेक सुनारले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखी जिल्ला पोखरा १७ बिरौटा स्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट रु.१६,६०,०००।- र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०८ पृथ्वीचोक स्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु.७,४५,०००।- गरी जम्मा रु.२४,०५,०००।– (अक्षरुपी चौबीस लाख पाँच हजार रुपैयाँ मात्र) कर्जा लिएका थिए। लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएको कारण शंका लागि निजले धितोमा राखेको गरगहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको पाईएको थियो। । सुनारलाई कास्की प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्की द्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ।
Comments are closed.