नगरकोटबाट रविन्द्र अधिकारीले बाेलाए पर्यटक,

Bikash-samiti

३० जेठ, काठमाडौं । भूकम्पले काठमाडौं लगायत नेपालका पर्यटकीय क्षेत्र तहसनहस भएको भनी गलत सन्देश गएको भन्दै पर्यटकीय केन्द्र नगरकोटमा पहिलो पटक सरकारी तहबाटै सन्देश बैठक बसेको छ । संसदको विकास समितिले सरकारको समेत सहभागितामा नेपालका पर्यटकीय क्षेत्रहरु सुरक्षित छन् भन्ने सन्देश दिन नगरकोटमा शनिवारबाट छलफल शुरु गरेको हो ।

समितिका सभापति रविन्द्र अधिकारीले नेपाल तहस नहस भयो, पर्यटकीय क्षेत्र तहस नहस भए भनि गलत हल्ला फैलाइएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल सुरक्षित छ भनेर सन्देश दिन जरुरी रहेको बताए । नगरकोटमा जस्तै छलफल चाँडै पोखरामा पनि आयोजना गरिने सभापति अधिकारीले बताए । कार्यक्रममा स्थानीय स्वायत्त शासन, स्थानीय विकास र पर्यटकीय प्रबर्द्धनका विषयमा छलफल भइरहेको छ ।

Comments are closed.