नमुना आमा समुहका महिलाहरुका लागि १ दिने भाषण कला तथा उद्घोषण तालिम

पोखरा,
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा १ दिने क्षमता भाषण कला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । नमुना आमा समुहद्धारा आयोजना गरिएको सो तालिममा सहभागी र समुहका पदाधिकारी सहित ४७ जना महिलाहरुको सहभागी रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शारदा कुमारी पराजुलीले सामाजिक क्षेत्रमा महिलाहरुको ठुलो योगदान रहने बताइन् । महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले यो तालिम आयोजना भएकोमा खुसी लागेको बताइन्।
कार्यक्रममा संस्थाका सल्लाहकार टंकनाथ पौडेलले सक्षम बन्नको लागि सिकाई आवश्यकता रहेको बताए । अर्का सल्लाहकार दामोदर रिमालले महिलाहरुमा आएको जागरणले आफूलाई खुसी लागेको बताउँदै अझ आवश्यक कामहरु गर्न कटिबद्ध हुनुपर्ने धारणा राखे ।

तालिम आयोजनाबाट समुहका महिलाहरुको आत्मविश्वास बढ्ने तथा समुहको नेतृत्व लिन सक्ने क्षमता बढ्ने संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मिरा पौडेल के.सीले बताइन्।आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरे ।

तालिममा नेतृत्व विकास तथा उद्घोषणका विषयमा रेडियो सफलताका समाचार प्रमुख तथा क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशका महासचिव अन्जु बरालले प्रशिक्षण दिएकी थिइन् ।नमुना आमा समुहका अध्यक्ष राधा मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा संचालन संस्थाका सचिव रीता आचार्यले गरेकी थिइन् ।

Comments are closed.