पोखरा २२,बैशाख
पोखरा हटलाईन
पोखरा महनगरपालिका वडा न ९ का युवा हरुको समुह ‘नयाँ बजार युवा क्लब’ को आयोजना मा सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशखा ९ को सहयोग तथा ‘पोखरा हटलाईन दैनिक’ को सम्योजन मा भएको उक्त रक्तदान कार्यक्रम मा २५ युनिट रगत सन्कलन भएको थियो ।
नयाँ बजार युवा क्लब का उपाध्यक्ष प्रदिप बस्नेत ले ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । देश र बिश्व भरिकै लकडाउन तथा सामाजिक दुरी लाई ध्यान मा राखी कार्यक्रम छिटो र मिठो गरी सम्पन्न गरिएको क्लब का उपाध्यक्ष बस्नेत ले जानकारी दिए । स्थानिय नवप्रभात उच्च मा बि मा आयोजित रक्तदान कार्यक्रम २ घण्टा भन्दा कम समयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्थानियबासी तथा प्रदेस ४ का सभासद बिन्दु कुमार थापा को पनि उपस्थिती रहेको थियो ।सभासद थापा ले युवा हरुको उत्साहको प्रशम्सा गरेका थिए । कार्यक्रममा वडा न ९ का सचिब लोकदर्शन कोइराला,ने रे सो उपशखा ९ का कोषाध्यक्ष उत्तम जोशि,स्थानिय समाजसेवी उमा ठकुरि,दीपेन्द्र मरासिनि,पोखरा हटलाईन का चिरन्जिबी पौडेल लगायत को उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रम लाई क्लब का स्वय सेवक हरु अबिनास गुरुङ,मनोज गुरुङ,अरुण गुरुङ,सुरेश के सि,प्रसिद्ध गुरुङ,बिक्रम परियार ले सहयोग गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटि,कास्की रक्त संचार सेवा केन्द्र पोखरा को टोली प्रमुख महेन्द्र के सि सहितको स्वाश्थ्यकर्मिहरुको समुहले उक्त रक्तदान कार्यक्रम सन्चालन गरेको थियो ।
Comments are closed.