नयाँ वर्षमा ल्यायो आयो, पायो, पर्यो, सोर्यो योजना

काठमाडौं  – 

जगदम्बा मोटर्स टिभीएसले नयाँ वर्ष २०७९को रौनक थप्न ल्यायो आयो, पायो, पर्यो, सोर्यो योजना ल्याएकाे छ। हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजनामार्फत आकर्षक उपहारसहित प्रस्तुत हुने क्रममा साे याेजना ल्याएकाे हाे ।

यस योजना अन्तर्गत किने पनि नकिने पनि टिभीएस नेपालको साेसल मिडियामा भाग लिएर हरेक हप्ता रु ५०,००० जित्ने मौका रहेकाे टिभीएसले जनाएकाे छ।

यस योजना अनुसार किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर रु ५०,००० सम्म जित्न पाउने अनि नेपाल भरी TVS को कुनै पनि बिक्रेताबाट टिभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाखसम्मको भारी छुट पाउने छ।

साथै बम्परमा किने पनि नकिने पनि साेसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले Apache RR310 जित्ने मौका पाउने बताइएकाे छ ।

यसका साथै हरेक खरिदमा ग्राहकले ०% interest अनि exchange मा मासिक रकम रु. ५,९९९ तिरेर TVS चढेर जान पाउने जनाइएकाे छ ।

टिभीएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको जनाएकाे छ ।  हरेक मोडेलमा ५ वर्षको वारेन्साटीका साथै बिक्री पछि Genuine Parts को सुविधा दिँदै गरेको दाबी टिभीएसले गरेकाे छ ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सिइओ( CEO )दीपक अग्रवालले टिभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको बताए ।  अहिले टिभीएसको बजारमा माग बढेको हुनाले खुशी हुँदै  यस योजनाले ग्राहकलाई मध्यनजरमा राखेर बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य रहेकाे हो भनेर उनले ब्यक्त गरेका छन् |

Comments are closed.