पोखरा, २८ साउन/ शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अनियमितता र कमिसनका घटनाहरु सार्वजनिक भैरहेका छन् । विद्यार्थीलाई नाम निकालिदिने प्रलोभन देखाई रकम असुली गर्ने व्यापक गुनासो आइरहेका बेला बुधबार फेरि अर्को यस्तै घटना सार्वजनिक भएको छ । बिर अस्पतालमा सञ्चालन हुने नर्सिङ् अध्यापन प्रवेश परिक्षाका लागि परिक्षा दिनुपर्ने विद्यार्थीको सट्टामा अर्कैले परिक्षा दिएको खुलासा भएको हो ।
पोखरा नयाँ बजारमा रहेको मार्गदर्शन एकेडेमीमा तयारी कक्षा लिइरहेका पाँच विद्यार्थीको प्रवेश परिक्षा अर्कै विद्यार्थीलाई दिन लगाइएको पोखरामा पत्रकार सम्मेलन गरी विप्लप समुह अन्तर्गतको अखिल क्रान्तिकारीले सार्वजनिक गरेको हो । एउटाको नाममा रहेको प्रवेशपत्रमा अर्कैको फोटो टाँस गरी परिक्षा दिएको दावी विद्यार्थीहरुले गरेका छन् ।
मार्गदर्शनको होस्टेलमा रही तयारी कक्षा लिइरहेका पाँच विद्यार्थीको परिक्षा अर्कैलाई दिन लगाएको बताइए पनि तीन जनाको पुष्टी भएको छ । रोल नम्वर ५९६२ रहेकी यूना भट्टचनको नामको परिक्षा प्रेमा गुरुङले, रोल नम्वर ५८२४ की सोनु पन्तको नाममा निसा केसीको फोटो टासँ गरी दिएको परिक्षामा उनीहरुको नाम निक्लेको छ भने वेञ्जु थापाको नाममा निशा श्रेष्ठले परिक्षा दिएको घटना सार्वजनिक भएको हो । वेञ्जु थापाको वेटिङमा नाम निक्लेको छ ।
विद्यार्थीहरुले खाजी गर्दै जाँदा परिक्षा दिएको विद्यार्थीलाई भेटेको र सोधपुछ गर्दा प्रमाणित भएको भिडियोसमेत सार्वजनिक गरेका छन् । आफ्नै होस्टेलमा रहेका अन्य बिद्यार्थीहरुलाई जाँच दिन लगाएर कमजोर शैक्षिक अवस्थाका बिद्यार्थिलाई एक नम्बरमै नाम निकालेको रहस्य खुलेको बिद्यार्थी नेता मणी न्यौपानेले बताए । एकेडेमी सञ्चालक पुरन श्रेष्ठले विद्यार्थीलाई प्रलोभन देखाएर परिक्षा दिन लगाएको परिक्षा दिने विद्यार्थीहरुले नै बताएका छन् । शिक्षामा मौलाउँदै गएको बिकृतिमा अन्य राजनीतिक पार्टीकै संरक्षण रहेको समेत उनले दाबी गरेका छन् ।
अखिल क्रान्तिकारीले बुधबार गरेको पत्रकार सम्मेलनमा बिद्यार्थीहरुले कमिसनको कुरा गरीरहेको भएपनि आफुहरुले प्रमाण माग्ने गरेको तर, यसपटक बिद्यार्थीहरु प्रमाणसहित आएपछि कार्वाहीको लागि आफुहरु पनि लाग्ने फिस्टेल नर्सिङ कलेज पोखराकी प्रिन्सिपल तथा पोखरा नेसिङ्ख परिषद सदस्य जीता बरालले बताइन् । मार्गदर्शन जस्ता शैक्षिक माफियाहरुको कारण नसिङ पेशाकोसमेत बदनाम भएको उनीको आरोप छ । बिस्तारै माफियाहरुको जालोमा आफुहरुले कैची लगाउँदै जाने अखिल क्रान्तिकारीका केन्न्द्रीय सदस्य लोकेश बि.क.ले बताए ।
Comments are closed.