अशोक विश्वकर्मा
जेठ २१, तनहुँ ।
अन्तरजातीय प्रेमका कारण पश्चिम रुकुममा भएको रणसम्भारको विरोधमा तनहुँमा मानव सागर उर्र्लिएको छ । जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँको दुलेगौडामा आयोजना गरिएको विरोध ¥याली सहितको कोणसभामार्फत स्थानीय तह, विभिन्न जातीय संगठन र नागरिक समाजले जातीय विभेदका कारण भएको घटनाको निष्पक्ष छानविनको लागि जोडदार माग गरेका छन् ।
दलित समुदायमाथि हुने विभेदका कारण सामाजिक असन्तुलन हट्न नसकेको भन्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गले अव ब्राह्मणबाद सोच अन्त्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले मानव मानव विचमा हुने विभेद सह्य नभएको भन्दै पश्चिम रुकुममा भएको घटनाका पिडितले न्याय पाउनुपर्ने बताउनुभयो ।
कोणसभामा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले सदियौँ देखि सामाजिक दुरीमा बस्न बाध्य दलित समुदायको पिडा अव समाजले महशुष गर्ने समय आएको बताउनुभयो ।
नेकपाका जिल्ला सचिवालय सदस्य खुमबहादुर विक राजुले अझै पश्चिम रुकुम लगायत देशको ग्रामिण क्षेत्रमा रहेका दलित समुदायले १७ शताब्दीको युग भोग्न बाध्य भएकोभन्दै दुख ब्यक्त गर्नुभयो । उहाँले गणतन्त्र सहितको मुलुकमा जातीय रुपमा नै दलित युवाहरु मर्नुपर्ने कारण समाजमा रहेको धार्मिक शास्त्रिय मान्यता र ब्राह्मणबादको उपज भएको जनाउनुभयो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रवक्ता तथा आदिबासी जनजाती अधिकारकर्मी खिमबहादुर कुमाल, नेपाल मगर संघ तनहुँका पूर्वअध्यक्ष झकसारु मगर, नागरिक समाज शुक्लागण्डकीका अध्यक्ष खेमराज खनाल लगायतले संविधानमा भएको कानुनी ब्यवस्थालाई प्रभावकारी कार्यन्वयन गरि पिडक पक्षलाई कारवाही गर्नुपर्नेमा जोड दिए । उनीहरुले जातीय सदभावमा खलल पु¥याउनले गतिविधिहरु सह्य नहुने समेत स्पष्ट पारे ।
संयुक्त दलित एकता सञ्जाल शुक्लागण्डकी नगरपालिको आयोजना भएको विरोध सभामा संयोजक जनार्दन वियोगी नेपालीले आवश्यक परे दलित समुदायले सडकमा रगत बगाउन पनि तयार रहेको बताउनुभयो । उहाँले घटनाका दोषीलाई लुकाउन राजनितिकरण हुन थालेको भन्दै निष्पक्ष छानविन नभए आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
गत १० गते अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोजेको भन्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा नवराज विक लगायत ६ जना युवाहरुलाई सांघातिक हमला गरि हत्या गरिएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका ४ राना गाउँका नवराज र सोतीकी सुस्मा मल्ल बीचको प्रेमका कारण ज्यान गुमाउनेमा नवराज विक, लोकन्द्र सुनार, गणेश बुढा, सन्दिप विक, टिकाराम सुनार र गोविन्द शाही रहेका छन् ।
उनीहरुको शव हत्या गरि फालिएको अवस्थामा भेरि नदी किनारमा फेला परेको थियो । दोषीलाई कारवाही गर्न र मृतकहरुलाई सास्कृतिक सहित घोषणा गर्न माग गर्दै अहिले देशभरका दलित समुदायसँगै अन्य समुदायका ब्यक्तिहरु आन्दोलित भएका छन् । बुधबार विरोध सभामा तनहुँका विभिन्न गैरदलितसँग सम्वन्धित संस्थाहरुले समेत ऐक्यवद्दता जनाएका थिए ।
Comments are closed.