नविन्द्रराज जोशीको प्रथम स्मृतिमा दिप प्रज्वलन

पोखरा हटलाईन

लेकसाईड

नेपाल विद्यार्थी संघ केन्द्रीय समिति को परिपत्र अनुसार नेपाल विद्यार्थी संघ पोखरा को आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्नभएको छ।

नेपाल विद्यार्थी संघ पोखरा का सभापति विष्णु पाहारीको सभापतित्व सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्लासदस्य सबिना तिमिल्सिना, विशिष्ट अतिथि प्रदेश प्रतिनिधि पवित्रा थापा अतिथिहरू क्रमश नेपाली काँग्रेस पोखरा का उपसभापतिअनिल पहारी, वडा कार्य समिति का सहसचिव शंकर पाहारी नेविसङ्घका नेता सन्देश दाहाल को उपस्थिति रहेको थियो।

कार्यक्रम को सञ्चालन नेपाल विद्यार्थी संघका पोखरा का सचिव सबिन पौडेलले गरेका थिए।

कार्यक्रममा बोल्दै सन्देश दाहालले नविन्द्रराज जोशीले उद्योग मन्त्रालयको नेतृत्व गर्दा नेपाल सरकारको स्वामित्वमा रहेको नेपालीलिमिटेड लाई पुनः जीवन दिएर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्ने कुरामा जोड दिए।

यसै नेपाली काँग्रेस नेतृ एवम् जिल्ला सदस्य सबिना तिमिलसिनाले उहाँले नेपालको शिक्षा क्षेत्रमा गरेको कार्यहरूको वर्णन गर्दा सिङ्गोपार्टीले मात्र नभई देशले एक सन्त असल नेतृत्व गुमाएको कुरामा जोड दिईन।

कार्यक्रमको समापन गर्ने क्रममा नेपाल विद्यार्थी संघ पोखरा का सभापति विष्णु पाहारीले उहाँ अस्वस्थ रहि अस्पतालमा बस्दाराज्यले दिएको रकम अस्वीकार गर्नुभएको कुरामा प्रकाश पार्दै कार्यक्रम मा सहभागी हुने विद्यार्थी लाई उहाँको मार्गमा अग्रसर भएर लाग्नआग्रह  गरे।

 

Comments are closed.