पोखरा, ८ भदौ ।
लिटिल स्टेप माध्यमिक विद्यालय, पोखरा– ८ द्वारा आयोजित “नवौ लिटिल स्टेप छात्र–छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता” पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा छात्रा तर्फ एकता माबीले पिकेजी माबीलार्ई १–७ गोल अन्तरले पराजित गरेको छ ।
विभिन्न विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको उक्त प्रतियोगितामा सहभागिता रहेको छ । विद्यालयकी सस्थापक प्रिन्सिपल पम्फा गुरुङका अनुसार २६ विद्यालयका २७ छात्र र १६ छात्र टिम गरि ४३ टिमले प्रतिष्पर्धा गरिरहेकाछन ।यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेवी पुनले नीजि विद्यालयले यस्ता खेलको आयोजना गरेर खेलकूदका माध्यम द्वारा भाइचारा स्थापित गर्न सहयोग पु¥याएकोमा विद्यालयलाई धन्यबाद दिइन । उनले प्रदेश सरकारले खेलकुदलाई स्वास्थ्य संग पनि जोडेर अगाडी बढाएकोले खेलकुदको विकासलेनै प्रदेशमा स्वस्थ्य नागरिक उत्पादन हुन सक्ने बताइन ।
सो अबसरमा गण्डकी प्रदेश सांसद मोहन रेग्मीले निजी क्षेत्रले खेलकुदको बिकासमा पु¥याएको योगदानको चर्चा गर्दै ह्याण्डबल खेलको लोकप्रियता संगै निरन्तरताले खेलाडी उत्पादनमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले सभ्य र अनुशासित भएर खेल खेल्न अनुरोध गर्दै साना साना भाई–बहिनिहरुलाई खेलको अवसर प्रदान गरेकोमा विद्यालयको प्रशंसा गरे ।विद्यालयका संस्थापक शेर बहादुर गुरुङका अनुसार भदौ ११ गते सम्म संचालन हुने प्रतियोगिता नक आउटका आधारमा खेलाइएको छ । प्रतियोगितामा दुबै छात्र र छात्रा तर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद १०, ७ र ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।
Comments are closed.