नव आदर्शले पायो पूर्णता

पोखरा ९ माघ। logoपोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको कार्यसमितिले पूर्णता पाएको छ । गएको पुस २६ गते भएको अधिवेशनबाट केही पदमा सर्वसम्मत भएपनि अन्य पदमा सहमति हुन सकेको थिएन ।
सहमति नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिए लगत्तै पूर्व अध्यक्षहरुले सहजीकरण गरेपछि कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको अध्यक्षमा धर्ममान सिंह भण्डारी, प्रथम उपाध्यक्षमा बम बहादुर गुरुङ्ग, द्धितिय उपाध्यक्षमा डम्बर केसी., सचिवमा लक्ष्मी पाण्डे, सहसचिवमा रेश्मा अधिकारी शेरचन, कोषाध्यक्षमा कृष्ण गुरुङ्ग र सहकोषाध्यक्षमा अजय भण्डारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा राजु सुनार, दिनेश भण्डारी, राजेन्द्र थापा, भगवती भण्डारी विष्णु गौतम, श्यामसुन्दर थापा, सुविना पाण्डे केसी र निरामणी गौतम रहेका छन् । सर्वसम्मत रुपमा चयन भएको समितिलाई निर्वाचन समितिका संयोजक हेम बहादुर बानियाँले पद तथा गोपनियताको सपथ गराएका छन् ।

Comments are closed.