पोखरा ९ चैत । पोखराको नागढुंगामा जुुवातास खेल्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा ९स्थित नागढुंगाको एक घरको दोस्रो तल्लामा फल्याट भाडामा लिई जुवातास खेलाउने गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले चार थान बुक तास र ७१ हजार तिन सय ५० रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा १४ बस्ने ४० वर्षिय जित बहादुर पुन, पोखरा ७ बस्ने ४६ वर्षिय आश बहादुर गुरुङ,पोखरा ९ बस्ने ३० वर्षिय कमला गुरुङ, पोखरा १० बस्ने ३६ वर्षिय रोशन पुन, पोखरा १४ बस्ने ३२ वर्षिय सुधन घर्ती, पोखरा १७ बस्ने ५४ वर्षिय भक्त बहादुर गुरुङ, पोखरा १३ बस्ने ४५ वर्षिय सोभा गुरुङ,लेखनाथ ३ बस्ने ३८ वर्षिय राज गुरुङ र तनहुं ब्यास ११ बस्ने ३३ वर्षिय चन्द्र बहादुर पोखरेल रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई जुवा मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.