पोखरा, २५ कार्तिक ।
पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा स्थित सिद्धार्थ राजमार्ग र यससँग जोडिएका ९ वटा सहायक सडक सम्बद्ध क्षेत्रमा २२ वटा सि.सि.क्यामेरा जडान गरिएको छ । नागढुङ्गा विकास समाजको “सिद्धार्थ मार्ग सि.सि.क्यामेरा जडित क्षेत्र अभियान अन्तर्गत २२ वटा सि.सि. क्यामेरा जडान गरी उद्घाटन कार्यक्रम समेत सम्पन्न भएको छ ।
वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नागढुङ्गा विकास समाज महानगरकै उत्कृष्ट संस्था भएको र वडाको अभियानमा सहयोग पु¥याएकोमा धन्यवाद दिनुभयो । विशेष अतिथि वडा सदस्य कृष्णमान ठुसाजुले समाजको पहलमा भएको सृजनात्मक कामले आफूलाई निकै उत्साहित बनाएको भन्दै स्थानीयको पहलमा सि.सि.क्यामेरा जडान लगायत सामाजिक एवं भौतिक क्षेत्रमा नागढुङ्गा विकास समाजले पु¥याएको योगदानको चर्चा गर्दै सम्बद्ध सबैलाई बधाई दिनुभयो ।
यसैगरी वडा प्रहरी कार्यालय बैदामका निरीक्षक बुद्धिसागर पुरीले सि.सि.क्यामेरा जडानबाट सबैभन्दा खुसी प्रहरी प्रशासन भएको र यस्तो महान कार्य गर्न सकेकोमा नेतृत्व र स्थानीयलाई बधाई दिनुभयो । साथै उहाँले सि.सि.क्यामेराको प्रभावकारीतालाई कायम राख्न छिट्टै विशेष कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।
कार्यक्रममा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सि.सि.क्यामेराको महत्व र उपयोगिताबारे प्रकाश पार्नुभएको थियो भने स्थानीय चण्डीप्रसाद अर्यालले यसको प्राविधिक पक्षबारे जानकारी गराउनु भएको थियो । यसैगरी संस्थापक अध्यक्ष एकनारायण ढकालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा क्यामेरा तथा बत्ती जडान उपसमितिका संयोजक नरबहादुर थापा, स्थानीय प्राविधिक चण्डीप्रसाद अर्याल, ऋषिराम शर्मा, गंगादेवी ढकाल र प्राविधिक मातृका पोखरेललाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष रुद्रनाथ बरालले क्यामेराको रिमोट अन गरेर तथा विशेष अतिथिले ब्यानरमा हस्ताक्षर गरी शुरु भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डम्मर राज सुवेदीले गर्नुभएको थियो ।
समापन मन्तव्य राख्दै उहाँले यो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । साथै उक्त कार्यक्रमबाटै क्यामेराको सुरक्षार्थ नरबहादुर थापा संयोजक, केशवराज ढकाल तथा चण्डीप्रसाद अर्याल सदस्य रहेको ३ सदस्यीय संरक्षण उपसमिति गठन गरेको छ । साथै उक्त उपसमितिको सल्लाहकारमा बैदाम प्रहरी निरीक्षक बुद्धिसागर पुरी, अस्थायी प्रहरी पोष्ट सृजनाचोकका इन्चार्ज याम प्रसाद गौतम, वडा सदस्य लक्ष्मी कौशल रहनुभएको छ ।
स्थानीयबाट सहयोग जुटाउन करिब ५ लाखको लागतमा उक्त कार्यक्रम सम्पन्न भएको जानकारी समाजका सल्लाहकार भीमनाथ बरालले दिनुभयो । कार्यक्रमको संचालन सचिव अपिला बरालले गर्नुभएको थियो ।
Comments are closed.