नागढुङ्गा बाट लागु औषध सहित ३ जना पक्राउ

२८५ एम्पुल लागू औषध र ४ थान मोबाईल सहित पक्राउ

पोखरा,
पोखरा हटलाईन

                        गत जेठ २५ गते बुधबार करीब साढे चार बजे कास्की पोखरा म.न.पा. वडा नं.९ नागढुङ्गा बाट लागु औषध सहित ३ जना युवाहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले  स्याङजा पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबजार नगरपालिका ४ बस्ने वर्ष २६को देवान्स थापा र  स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० को मनिष पौडेलको साथबाट लागू औषध डाईजापाम- ७० एम्पुल, फेनेरागन- १२० एम्पुल, नुर्फिन– ९५ एम्पुल गरी जम्मा- २८५ एम्पुल रथान मोबाईल सहित पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।साथै निजहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Comments are closed.