बैतडी, ७ चैत । हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ ।
कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर ९नाम परिवर्तन० रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।”
गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले बताएको छ ।
जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो ।
यस्तै दुई किलो २०० ग्राम चरेससहित गत मङ्सिर ६ गते पक्राउ परेका दार्चुला अपि नगरपालिका–११ बांगाबगडका ४८ वर्षीय बलदेवसिंह महरलाई पनि जिल्ला अदालत दार्चुलाले रु छ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको छ । रासस
Comments are closed.