निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल, (प्याब्सन) कास्कीले ३०औँ स्थापना दिवस मनाउने


प्याब्सन कास्कीले  स्थापनाको ३०औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पौष २४ गते पर्ने उक्त स्थापना दिवसको दिन सामाजिक उत्तरदायित्व अन्तर्गत विहान ९ बजे पोखरा महानगरपालिका, वडा नं. ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्घाश्रममा खाद्यान्न, फलपल, तरकारी लगायतका सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन दिनको २ बजेदेखि पोखरा महानगरपालिका, वडा नं. १२ मा रहेको एस.आर.के.सी. बैङ्क्वएटमा औपचारिक कार्यक्रमको आयोजना गरी स्थापनाको २५ वर्ष पूरा गरी रजत जयन्ती मनाएका विद्यालयहरूलाई सम्मान, प्याब्सन सदस्य विद्यालयहरूमा २० वर्षसम्म सेवा प्रदान गरेका शिक्षक÷शिक्षिका एवम् कर्मचारीहरूलाई सम्मान, एस्.ई.ई. २०७५ मा उत्कृष्ट जी.पी.ए. ल्याउन सफल छात्र÷छात्रा सम्मान, प्याब्सन कास्कीद्वारा आयोजित नेपाली÷अङ्ग्रेजी निबन्ध प्रतियोगिता र चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण लगायतका कार्यक्रमहरू गरी सम्पन्न गर्न लागिएको छ ।
उक्त औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यतासहित समुद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री किरण गुरूङले गर्नु हुनेछ ।

Comments are closed.