पहिलो चरणमा पश्चिमाञ्चलका १६ जिल्लावाट यो खोप सेवा सुरु भएको हो । शिशु जन्मेको ६, र १० हप्ता अनि ९ महिना गरि तीन पटक सुईको माध्मबाट दिइने यो खोप नजिकको स्वास्थ्य संस्थामा निशुल्क पाइन्छ ।
पोखरा, ५ माघ / नेपालमै पहिलो पटक निमोनिया रोकथाम तथा नियन्त्रण रणनीतिको आधारमा न्यूमोकोकल कन्जुगेट भ्याक्सिन (पि.भि.सि १०) खोप पोखराबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप कार्यक्रम अन्र्तगत (पि.सि.भि) खोपको आइतबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उक्त खोप कार्यक्रम सुरु गरेको हो । यो शिशुलाई जन्मेको ६ र १० हप्ता अनि ९ महिना गरि तीन पटक सुईको माध्मबाट दिइने खोप कार्यक्रम हो । पि.सि.भि खोप निमोनियाको रोकथामको सवैभन्दा प्रभावकारी र उत्तम उपाय भएको बाल स्वास्थ्य महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।
विश्वमा पाँच वर्षमुनिका बालबालिकामा लाग्ने तीन घातक रोगहरु मध्ये निमोनिया पनि एक हो । विश्व स्वास्थ्य संगठनको तथ्याड्ड अनुसार यस रोगका कारण नेपालमा पाँच वर्ष मुनिका १३ प्रतिशत बाल बालिकाको मृत्यु हुने गरेको छ । निमोनिया रोगको सवैभन्दा प्रभावकारी रोकथामको उपाय खोप नै भएको डा. पौडेल बताउँछन् । ९० भन्दा बढी प्रकारका किटाणुहरु न्यूमोकोकल किटाणुहरु रहेका छन् भने उक्त खोपले बालबालिकालाई मुख्यतया निमोनिया, मेनिन्जाईटिस, ब्याक्टेरीमिया जस्ता गम्भीर रोग निम्ल्याउने दश प्रकारका न्यूमोकोकल कीटाणुबाट रक्षा गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सेनेन्द्रराज उप्रेतीले बताए । खोपले बालबालिकामा न्यूमोकोकल रोगको साथै न्यूमोकोकल निमोनिया रोग विरुद्ध प्रतिरोधात्मक क्षमता समेत बढाउने बताइएको छ ।
पोखराबाट सुरु गरिएको उक्त खोप पहिलो चरणमा पश्चिमाञ्चलका १६ जिल्लाबाट सुरुवात गरिनेछ । त्यसपछि क्रमशः अन्य विकास क्षेत्रहरुमा चरणबद्ध यसै वर्षभित्र कार्यान्यन गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए । नेपालमै पहिलो पटक सुरुवात गरिएको खोप नजिकैका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा निशुल्क उपलब्ध हुने मन्त्रालयले जनाएको छ । पि.सि.भि खोपले सन् २०१५ सम्म रोकथाम गर्न सकिने बालमृत्युदरलाई घटाउने दिशामा उल्लेखनीय प्रगति गर्ने अपेक्षा समेत गरिएको छ ।
यो खोप पहिलो मात्रा ६ हप्तामा, डि.पि.टि हेप र पोलियो थोपा खोपको पहिलो मात्रासँगै, दोस्रो मात्रा १० हप्तामा डि.पि.टि हेप बी—हिब र पोलियो थापो खोपको दोस्रो मात्रासँगै र ९ महिनामा दादुरा—रुबेला खोपको पहिलो मात्रासँगै ३ यदि कुनै बालबालिका पि.सि.भि खोप लगाउन छुटेमा एक वर्षभित्र राष्ट्रिय खोप तालिका अनुसार खोपको पुरा मात्रा लगाउनुपर्ने पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा.कालु शर्माको भनाई छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य स्वयमसेवीकालाई खोप हस्तान्तरण यो कार्यक्रम सुरु गरे ।
खोप शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा राजनीति गर्न नहुने बताए । उनले जनताको आत्यावश्यक सेवा स्वास्थ्य क्षेत्रमा बन्द, हड्ताल र आन्दोलन गर्न नपाइने बताए । आफनो अधिकारको कुरा गर्ने तर अरुको अधिकारलाई हनन गरिरहेको छु भन्ने विचार पुयाउन स्वास्थ्यकर्मीलाई आग्रह गदै उहाँले स्वास्थ्कर्मीहरुको मनपरितन्त्र विरुद्ध अव आफु निरिह मन्त्री भएर झण्डा हल्लाएर मात्रै नवस्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, स्वास्थय सेवा विभागका महानिर्देशकडा.सेनेन्द्रराज उप्रेती, डब्लु एच ओ नेपाल प्रतिनिधि डा.लिन अङ, यूनिसेफका नेपाल प्रतिनिधि डा. हेन्ड्रीकस र नेपालका महासचिव डा.कृष्ण विष्ट लगायलले उक्त खोप सुरुवात पछि नेपालमा बालमृत्युदरमा कर्मी आउने विश्वास व्यक्त गरे ।
Comments are closed.