पोखरा–२३, भाद्र
समय समयमा राष्ट्रियता कमजोर पार्न, जातिय गौरव र संस्कृति मेटाउन तथा विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रुपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले विभिन्न समयमा प्रहार गरिदै आएको कुरा यहाँलाई विधितै छ । सर्वोच्च अदालतले हालै सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्नका लागि आदेश जारी गरेको विषयलाई लिएर नेपाली भाषा शिक्षक परिपद्ले विज्ञप्ती मार्फत यस्तो कार्यलाई सच्याउन गम्भीर ध्यानाकर्षण गरेको छ । नेपाल अधिराज्यभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने शिक्षक परिषद्ले विज्ञप्ती मार्फत जनाएको छ । तथर्स उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्नका लागि नेपाली भाषा शिक्षक परिषद््, कास्की, नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
Comments are closed.