सत्ताको नेतृत्वमा पुगे पछि नेताहरूलाई निर्देशन दिने रहर जाग्दो रहेछ। प्रधानमन्त्रीले निर्देशन दिन थाले पछि मन्त्रीहरू पनि के कम उनीहरूले पनि निर्देशन दिन थाले। अहिले मन्त्रालय र विभागमा निर्देशनहरूको पहाडै छ। यति वेला मन्त्रालय र विभागका प्रमुखहरू निर्देशनले पुरिएर उठनै सकेका छैनन। सरकारका प्रम देखि मन्त्री राज्यमन्त्रीहरू आफैले दिएका निर्देशन कति पुरा भए कति पुरा हुदैछन। कति पुरा हुन सक्दैनन त्यसवारे वेखवर छन। स्वास्थ्य मन्त्री गगन थापाले डाक्टरहरू १० वजे देखि ५ वजे संम सेवामा हुनु पर्छ भन्ने निर्देशन दिए। उनलाई अस्पताल २४ सै घन्टा संचालन हुन्छ भन्ने हेक्का किन भएन? समय१० वाट ५ वजे संम तोकेर प्रशासन चलाउने हो र? यस वाट प्रष्ट हुन्छ मन्त्रीहरूमा विषय वारे ज्ञान छैन। अध्ययन गर्ने रूची छैन। झन्डा राखेको गाडी गुडाउने भत्ता लिने कार्यकर्ताका माझमा पुगेर सस्तो वजारी चटके भाषण दिनेमा वढी ध्यान छ। यसले जनताले दुखपाउने मेसो वाहेक केही देखिदैन। डाक्टर तथ विशेषज्ञको सेवा दैनिक ८ घन्टा हुनु पर्छ पो भन्न सक्नु पर्यो।समय तोकेर सेवा चल्दैन। मानीस समय हेरेर विरामी हुदैन।जति वेला पनि विरामी पर्छन र उनीलाई सेवा दिनु पर्छ भन्ने कुराको ज्ञान खोई?डाक्टरहरूलाई सेवा अवधी हप्तामा कति घन्टा हो त्यसको टुगो लगाएर खटाउनु पर्दछ। त्यो सेवा समय जतिवेला पनि हुन सक्दछ।यसो गर्न सकियो भने मात्र जनताले सेवा पाउन सक्दछन। अन्यथा उही विहान १० वजे देखि ५ वजे भित्र मात्र विरामीले डाक्टरको सेवा पाउने छन। त्यस वाहेक सवै नीजि अस्पताल तिर जान वाध्य हुने छन। यस्ता डेड अक्कली निर्देशन दिनु मात्रै हो। यसले अस्पतालको मेसुलाई तनाव वाहेक केही थपेन। मन्त्री निर्देशन एक दिन पनि कार्यान्वयन भएन। यसरी कार्यान्वयन हुन नसक्ने निर्देशन दिनु र नदिनुको कुनै अर्थ रहदैन। निर्देशनले केही पनि चल्दैन। नीति नियम वनाएर देश तथा सत्ता संचालन गर्ने हो। पुराना नीति यथावत राखेर मौखिक निर्देशन दिएर लोकप्रिय वनिदैन भन्ने कुराको ज्ञान प्रधानमन्त्री देखि मन्त्री राज्यमन्त्री र सासदहरू सवैमा हुनु पर्दछ।लोकतन्त्रिक गणतन्त्रको कुरा गर्ने व्यावहार भने उही जंगवहादुरकै देखाउने हो भने के अर्थ रह्यो र ? समय मै आफ्ना व्यावहारहरू सच्चाउन प्रम देखि मन्त्री राज्यमन्त्री सवै लाग्नु पर्छ।
Comments are closed.