निर्मालपोखरीमा खुल्यो फोक्सिङ रिसोर्ट

पोखरा, २९ जेठ
पोखरा २३ निर्मलपोखरीमा फोक्सिङ हिल रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय पर्यटकलाई लक्षित गर्दै पर्यटकीय संभावनाको समेत उजागर गर्नका लागि भन्दै भूपेन्द्र गिरीले रिसोर्ट संचालनमा ल्याएका हुन् । ‘पोखरा बजार र त्यसमा पनि लेकसाइड मात्र पर्यटकीय केन्द्र हो भन्ने धेरैलाई लागेको छ । तर, पोखरा आसपासमा पनि थुप्रै त्यस्ता पर्यटकीय संभावना भएका क्षेत्र छन्’ संचालक गिरीले भने ‘ त्यही संभावनाको उजागर गर्न निर्मलपोखरीमा रिसोर्ट खोलेको हुँ ।’Foksing Hill Resort (2)
रिसोर्टमा आफुले करिव २ करोड रुपैयाँको लगानी गरेको गिरीले बताए । निर्मलपोखरी बाँझेपोखरी डाँडाको उत्तरी मोहडामा रिसोर्टमा १० वटा कोठा छन् । आन्तरिक पर्यटकलाई लक्षित गरेर खोलिएको रिसोर्टमा पारिवारीक रुपमा आउने जोडिलाई प्याकेजका कार्यक्रम रहेको संचालक गरिको भनाई छ ।
आन्तरिक पर्यटकलाई लक्ष्य गरी निर्मित रिसोर्टमा रेस्टुरेन्ट, कटेज र २ वटा सभाकक्ष पनि छन् । रुम, ब्रेकफास्ट, स्न्याक्ससहितको ड्रिङ्क्स, रात र बिहानको खाना गरि पाँच हजार पाँच रुपैयाँ प्याकेजलाई रिसोर्टले प्राथमिकता दिएको छ । रिसोर्टमा २ सय ५० रुपैयाँमा सादा खाना र ३ सय ५० रुपैयाँमा मासु खाना उपलब्ध हुने गिरीले बताए ।

पोखराबाट ९ किलोमिटरको दुरीमा रहेको  रिसाेर्टबाट पोखरा तथा लेखनाथ बजार, फेवा तथा खास्टे ताल धौलागिरी हिमालदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको दृश्यावलोक गर्न सकिन्छ ।
शुक्रबार पोखरा उद्योग वाणिज्य संघका द्धित्तीय उपाध्यक्ष मीनराज काफ्लेले उद्घाटन गरे । उद्घाटन गर्दै काफ्लेले यस्ता होटल तथा रिसोर्टले ग्रामिण पर्यटन र संभावनालाई उजागर गर्न सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरा मात्र नभएर आसपासका गाउँहरु पनि पर्यटकीय संभावना बोकेका सुन्दर ठाउँन्हरु भएको यस्ता रिसोर्टमा हुने लगानीले गाउँकै संभावनालाई उठाउन लगानी गर्ने भनाई राखे ।

Comments are closed.