नेका निर्वाचन कार्यालयका घरभेटी नेकपामा


पोखरा, ५ मंसीर । नेपाली कांग्रेस पोखरा १७ महतगौडामा स्थापना भएको निर्वाचन परिचालन कार्यालयका घरभेटी सहित ११ जना नेकपामा प्रवेश गर्नुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) महतगौडा टोलकमिटीद्धारा आज आयोजित कार्यक्रममा घरभेटी पूर्णबहादुर महर्जन सहित छ जना परिवार सहित नेका परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाले नवप्रवेदशीलाई टिका र मालाले स्वागत गर्दै पार्टी र सरकारले लिएको समृद्धिको अभियानमा एकतावद्ध भएर जुट आग्रह गर्नुभयो ।
विकास प्रेमी नेता रवीन्द्र अधिकारीको सपना साकार बनाउनुका साथै पार्टी र सरकारको समृद्ध नेपाल निर्माणको अभियानलाई पुरा गर्नका लागि बौद्धिक व्यत्तित्व विद्य भट्टराई अधिकारीलाई उम्मेदवारी बनाएको उहाँँले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवीव्दय नरेन्द्र शर्मा भण्डारी र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो ।
टोल कमिटी अध्यक्ष इसारा थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बैकुण्ठ भण्डारी, नेकपा १७ का अध्यक्ष सुभाष ढुङगाना, बेदनाथ भण्डारी, नरेन्द्र शर्मा भण्डारी, रवी भण्डारी लगायतले जनताको मन जित्नका लागि सुशासनसंग विकास निर्माणमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । तस्वीर उपलव्धछ ।
पोखरा १६ मा पनि चुनावी अभियान जारी
पोखरा ०४ मंसिर

नेकपा वडा कमिटी, निर्वाचन परिचालन कमिटी तथा विभिन्न भातृ संस्थाको संयुक्त आयोजनामा पोखरा १६ मा चुनावी प्रचार स्वरुप पैदल यात्रा गरिएको छ ।

के आई सिंहपुलवाट शुरु भएको पैदल यात्रा सुन्दर फिड, दीप , अमरदीप, क्याम्पस गेट हुदै लामाचौर चोकमा पुगेर सम्पन्न भएको थियो । लामाचौर चोकमा आयोजित कोण सभामा नेकपाका नेता भीम व. विश्वकर्माले जनताको मुक्तिका लागि पार्टी कहिल्यै पनि विचलित नहुने वताउनुभयो । पैदल यात्राको नेतृत्व पोखरा १६ का चुनावी कमाण्डर एवं कास्की इन्चार्ज राजकाजी गुरुङ , स्थानिय नेता गुरुदत्त भट्राई, सुवासवावु अधिकारी, नविन अधिकारी, राष्टिय युवा संघ कास्कीका संयोजक भोजराज पौडेल, विष्नु गौतम,सविन जि.सी, रमेश वि.क, सुमन पौडेल लगायतले गर्नुभएको थियो ।

पैदल यात्रामा त्यस क्षेत्रका सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रका टोलहरुमा आज पनि स्थानिय नेताको अगुवाईमा घरदैलों गरिएको निर्वाचन परिचालन कमिटीका संगोजक निर्मल आचार्यले जानकारी दिनुभयो । हरिपाउँ गर्लाङ लगायतका टोलमा कमलमोहन आचार्यको नेतृत्वमा घरदैलो सहित आन्तरिक प्रशिक्षण भएको छ । आज डाडाथोक, चण्डीकाटोल, अमला विसौनी, मध्यम पथ , गैरावारीमा घरदैलों गरिएको हो ।

यता पोखरा ११ र १५ मा पनि विहिबार ¥याली तथा घरदैलो कार्यक्रम गरिएको छ । वडा नं १५ को ढुंगेसाँघु चोक देखि नागमणी टोल हुँदै टुटुंगा बसपार्क सम्म ¥याली तथा घरदैलो गरिएको वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए । त्यस्तै वडा नं ११ मा पनि शिवशक्ति मार्ग, फूलबारी, मणिपाल, धरहरा मार्ग लगायतका ठाउँमा बृहद ¥याली गरिएको छ ।

Comments are closed.