नेका हेमजाले पोखरा–२५ को वडा कार्यलयलाई वुझायो ज्ञापन पत्र

पोखरा, १५ वैशाख । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली काँग्रेस पोखरा–२५ इकाईले ज्ञापन पत्र पेश गरेको छ ।

नेपाली काँग्रेसको एक अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालाई ज्ञापन पत्र वुझाएको नेपाली काँग्रेस पोखरा–२५ हेमजा इकाइका सभापति मधुसुदन त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त ज्ञापन पत्र सभापति त्रिपाठी र सहसभापति दानबहादुर थापाले पोखरा–२५ हेमजाका कार्यवहाक अध्यक्ष दलबहादुर कुँवर र वडा सदस्य जितबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।

धेरै विकासका सम्भावनाहरु भएको यस वडामा आम हेमजावासीले अपेक्षा गरे अनुरुपको विकास र सुविधाबाट बञ्चीत भएकोले तत्काल सुधार्न ज्ञापन पत्र मार्फत आग्रह गरीएको छ ।

स्थानीय तहको निर्वाचन पश्चात वडाबासीले जनप्रतिनिधिहरुबाट जुन आशा, इच्छा र आकाक्षा लिएका थिए सो हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुलाई गम्भीरतापूर्वक लिएर छिट्टै व्यवस्थापन गरी कार्यक्रमहरु ल्याउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा घर जग्गा र अन्य कर, फोहोर मैला व्यवस्थापन, खानेपानी, सडक÷पुलका काम आम हेमजावासीले सास्ती खेप्न परेको गुनासो आएकोले अविलम्व समाधान गर्न आग्रह गरिएको छ ।

त्यस्तै लक्षितवर्ग कार्यक्रममा पारदर्शी नदेखिएको र आफन्तलाई मात्र वितरण गर्ने मनसाय राखेको यसलाई तत्काल सुधारेर हेमजावासीले अनुभूति गर्ने वनाउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नक्सा पास, निर्माण सम्पन्नको प्रमाण, विभिन्न सिफारिसपत्र आदिको लागि सेवाग्राही छिटो छरितो सेवा दिन आग्रह गरिएको छ ।

निर्वाचित प्रतिनिधिहरू विकास निर्माणमा संलग्नभई नीतिगत निर्णय गर्नुपर्ने र जनताका समस्या समाधान गर्न बढी क्रियाशील हुनुपर्नेमा सो नदेखिनु, वडाभित्र रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको आधारभूत माग सम्बोधन गर्न पहल गर्नुपर्ने र फाराम भर्न छुटपुट भएकाहरूलाई अविलम्ब प्रक्रियामा लैजानुपर्ने, यस वडामा अत्यन्त कम बजेट विनियोजन भएको देखिएकोले वडामा बजेटपार्न वडा प्रमुखले विशेष पहलगरी थपबजेटको व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सुईंखेत खोलाका नदीजन्य सामाग्रीहरु वडाले आफ्नो मनोमानी ढंगबाट आँफुखुशीका मानिसहरु लाई उपलब्ध गराएको भन्ने जनगुनासो आएकोलाई यसलाई अविलम्व रोक्न आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै कार्यवहाक अध्यक्ष दलबहादुर कुँवरले वास्तविक समस्याहरु पहिचान गरि जनप्रतिनिधिलाई काम गर्न सहज बनाएको बताउदै यी साझा समस्यालाई हल गर्न वडा कार्यलय कटिवद्दभएर लाग्ने बताउनुभयो ।

अनुगमन समितिको संयोजकमा दानबहादुर थापा, सदस्य सचिवमा मोतीराज तिमिल्सिना, तथा सदस्यहरुमा नीलकण्ठ पौडेल, दयाराम बास्तोला, दानबहादुर भुजेल, नरबहादुर सापकोटा, नारायणबहादुर कुँवर, दिपकबहादुर थापा, मैयाँ सापकोटा, भीमप्रसाद श्रेष्ठ, र गणेशप्रसाद अधिकारी रहनुभएको थियो

Comments are closed.