नेताको नाम जपेर पार्टीको सदस्य पाईदैन–एमाले कास्की

167725_102720246471642_6118858_n

पोखरा, १० चैत / पार्टीका कुनै नेताको नाम जपेर एमालेको सदस्यता वा नेतृत्व नपाउने एमाले कास्कीले दाबी गरेको छ । गुण्डा र डनहरुको प्रवेशले पार्टी विग्रिएको भन्दै एमालेभित्र आरोप प्रत्यारोप चलिरहेका बेला एमाले कास्कीले भने आर्थिक, नैतिक र सामाजिक रुपमा पतन भएकाहरुलाई सदस्यता नदिने दावी गरेको हो ।
नेकपा एमाले कास्कीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको एकवर्ष पुगेको अवशरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष कृष्ण थापाले कास्कीमा पार्टीलाई शुद्ध बनाउने प्रतिवद्धता जनाएका हुन् ।  ‘एमालेको सदस्य बन्न सामाजिक रुपमा स्पष्ट हुनुपर्छ’ थापाले भने,‘पार्टी अध्यक्ष केपी ओली, नेता माधव नेपाल र झलनाथ खनालको नाम जपेर सदस्य वा नेतृत्व गर्न पाइदैन ।’ सामाजिक भूमिका निर्वाह गरेका र नैतिकता भएकालाई मात्र पार्टीमा ल्याउने उनको दाबी थियो । ‘राजनीति पेशा हैन, तर राजनीति गर्नेले पेशा भने गर्नैपर्छ’ उनले भने ।
नेकपा एमाले कास्कीको नवौ जिल्ला अधिवेशनबाट निवाचित कमिटिको एक वर्ष पुगेको अवसरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष कृष्ण थापाले आर्थिक, नैतिक र सामाजिक रुपमा पतन भएका ब्यक्ति एमालेको सदस्य बन्न नसक्ने बताउनु भयो । ‘एमालेको सदस्य हुने ब्यक्ति आर्थिक रुपमा कुनै झमेलामा नफसेको, नैतिक आचरणमा दाग नलागेको र सामाजिक ब्यत्तित्व नभएकाहरु सदस्य अव हुदैन ।’
थापाले आफ्नो कार्यकाललाई अन्य पार्टीबाट एमाले प्रवेश भएको पनि उपलब्धी ठानेका छन् । उनको कार्यकालमा कास्कीमा ५ सय ५० नयाँ सदस्य थपिएको दावी गरे । त्यसमा एमाओवादीबाट प्रवेश गर्नेको संख्या धेरै रहेको बताए । उनले एक वर्षभित्र कास्कीको समग्र विकासमा छलफल गरेको बताउँदै कास्कीलाई आर्थिक रुपमा सम्पन्न जिल्ला बताउने पक्षमा लागिरहेको बताए । ‘कास्की जिल्लालाई प्राकृतिक, साँस्कृतिक र आर्थिक रुपमा सम्पन्न जिल्ला बनाउन एमालेले सकरात्मक भूमिका निर्वाह गर्दै आएको छ’ थापाले भने ।
अध्यक्ष थापाले पोखरामा अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने पक्षमा रहेको बताउँदै त्यहाँ रहेका व्यक्तिहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भूमाफियाहरुले बसपार्कको जग्गा बेचेर खान खोजेको भन्दै २२ वर्षको उपत्यका नगर विकासको अवधिमा काँग्रेसले १८ वर्ष राज गरेको र बसपार्क बन्न नसक्नुको कारण उसैले दिनुपर्ने बताए ।

Comments are closed.