पोखरा हटलाईन
भदौ,२
पोखरा
नेतृत्व मञ्च, पोखराको केही समय अघी बसेको “सदस्यहरुको विशेष भर्चुअल भेला ” र तत् पश्चात् बसेको ” संयोजन समितिको भर्चुअल बैठक ” प्रवक्ता चयन लगायतका केही महत्वपूर्ण निर्णयहरु गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
संयोजन समितिको बैठकले केही समयदेखी रिक्त रहेको प्रवक्ता पदमा मञ्चको वडा नं. ९ संयोजक समेत रहेकी सामाजिक रुपमा सक्रिय पत्रकारिता विषयकी अध्येता प्रतिमा पौडललाई सर्वसम्मतिका आधारमा चयन गर्ने निर्णय गरेको छ।पौडेल हाल त्रिभुवन विश्वविधालय अन्तर्गतको लेक सिटी कलेजमा प्रथमवर्षमा “ब्याचलर ईन सोसल वर्क विथ मास कम्युनिकेशन एण्ड जर्नालिज्म” विषयमाअध्ययनरत छिन्। उनले तत्कालिन नगर बाल मंच, पोखराको कार्यसमिति सदस्यको रुपमा कार्यानुभव हासिल गरेकी छिन्। यस बाहेक उनले “चिल्ड्रेन नेपाल” संस्था अन्तर्गतको युवा क्लबको सचिबका रुपमा र “राईट फर चिल्ड्रेन” संस्थामा आबद्व भई बालबालिकाको हक हित सम्बन्धी “मिलिजुली बोलौँ” नामक रेडियो जनचेतना मूलक कार्यक्रम संचालन गरेकी थिईन। पौडेलले नेतृत्व मंच पोखराद्वारा गत वर्ष आयोजित “नमुना नेतृत्व संसद कार्यशाला” मा गृहमन्त्रीको भूमिका समेत निर्वाह गरेकी थिईन्।उनले अब उप्रान्त विभिन्न विषयहरुमा मञ्चको तर्फबाट आधिकारिक धारणा राख्ने, बैठकको निर्णय र कार्यक्रमको विवरण सार्वजनिक गर्ने,प्रेस विज्ञप्ती जारी गर्ने,पत्रकार सम्मेलन आह्वान गर्ने लगायतका कार्यहरु गर्नेछिन्।
त्यसैगरी मञ्चले संयोजन समिति सदस्यको रुपमा हाल मञ्चको वडा नं. ३३ संयोजक तथा सामाजिक रुपमा विभिन्न संघ, संस्थाहरुमा संलग्न सक्रिय अभियान्ता सुवास अधिकारी,मञ्चकी वडा नं. १७ संयोजक तथा विभिन्न संघ संस्थाहरुमा आबद्व युवा अभियान्ता दिपा भण्डारी र मञ्चका सक्रिय सदस्य एवं कानुन विषयका अध्येता औषत पौडेललाई चयन गर्ने निर्णय गरेको छ।मञ्चद्वारा गत वर्ष आयोजित “नमुना नेतृत्व संसद कार्यशाला” मा सुवास अधिकारीले सूचना तथा संचार मन्त्री र दिपा भण्डारी तथा औषत पौडेलले प्रतिपक्ष सांसदको भूमिका निर्वाह गरेका थिए।त्यस्तै, मञ्चले वडा नं. २ संयोजकको रुपमा संस्थाका सक्रिय सदस्य तथा कानुन विषयका अध्येता भानुभक्त लम्साल र वडा नं. २६ संयोजकको रुपमा हाल गण्डकी बोर्डिंग स्कुलमा कक्षा १२ विज्ञान संकायमा अध्ययन गरिरहेकी तथा विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाईसकेकी आकृति ढुंगानालाई चयन गर्ने निर्णय गरेको छ।
वडा नं. २ का संयोजक लम्साल “नमुना नेतृत्व संसद कार्यशाला” मा प्रतिपक्ष सांसदको भूमिकामा थिए। मञ्चको विभिन्न पदहरुमा रही नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !
मञ्चले अहिले सम्म गरेका कार्यहरुको बारेमा गम्भीर समिक्षा गर्दै आगामी दिनमा संस्थालाई एउटा नयाँ उचाईमा पुर्याउनका निम्ति केही कार्ययोजना र रणनीति समेत तय गरेको छ। मञ्चले सदस्यता विस्तार अत्यन्तै स्तुतीय भएपनि सबै वडामा वडा संयोजक चयन नभएकाले संगठन विस्तारमा अझै गति नआएको निस्कर्ष निकालेको छ। कोरोना महामारीले निम्त्याएको बन्दाबन्दी र अनिश्चितताको कारणले गर्दा पनि पूर्व निर्धारित संगठन विस्तारका अभियानहरु स्थगन भएको थियो। संगठन विस्तारमा तीव्रता ल्याउन स्थिति सामान्य हुने बित्तिकै “वडा वडामा नेतृत्व मंच” नामक “वृहत संगठन विस्तार अभियान” संचालन गरिनेछ। यो अभियानका लागि मञ्चले हालसम्म वडा संयोजन चयन नभएका मध्ये प्राथमिकताका हिसाबले अत्यन्तै महत्वपूर्ण केही वडाहरु चयन गर्नेछ र सोही वडाहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु समुदाय स्तरमै संचालन गर्नेछ। यस्तो अभियान विभिन्न वडाहरुमा गरी ७-१४ दिनसम्म संयोजन समिति सदस्यहरुकै नेतृत्व र सहभागितामा संचालन गरिनेछ। सोही अभियानका क्रममा मञ्चले सक्षम तथा प्रतिभाशाली व्यक्तिको पहिचान गर्दै संस्थाको लक्ष्य बमोजिम “सक्षम नेतृत्वकर्ता जन्माउने” अभियानमा समेत टेवा पुग्ने विश्वास लिएको छ। यस बारे विस्तृत रुपमा स्पष्ट कार्ययोजना निर्माण गर्न संगठन विभाग प्रमुख सन्देश वि. क. को नेतृत्वमा “संगठन विस्तार एवं लक्ष्य हासिल अभियानको खाका निर्माण कार्यदल” गठन गरिएको छ।नेतृत्व मञ्च, पोखरा स्थापना भएको आगामी असोज २४ गते एक वर्ष पुरा हुँदैछ।यस अवसरमा मञ्चले “नेतृत्व मञ्चको जन्म, सक्षम नेतृत्वकर्ताको संकल्प” भन्ने मूल नारा लाई आत्मसात गर्दै एउटा “विशेष छलफल तथा सुझाव संकलन कार्यक्रम” गर्नेछ। पोखरामा विभिन्न पृष्ठभूमीमा संलग्न व्यक्तित्वहरु,अग्रज व्यक्तिहरु,विज्ञ, पत्रकार, नागरिक समाजका अगुवा, अभियान्ता, विभिन्न संघ संस्थाका प्रतिनिधी, संस्थाका शुवेक्षुक तथा आन्तरिक सदस्यहरुको संलग्नतामा स्थिति सामान्य नभएको खण्डमा भर्चुअल रुपमै उक्त कार्यक्रम हुनेछ। मञ्चको पहिलो वार्षिक उत्सवको रुपमा पृथक ढंगबाट हुने उक्त कार्यक्रमले आगामी दिनको लागि कार्यदिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेतृत्व मञ्च स्थापनाको पहिलो एक वर्ष पुग्नै लाग्दा विभिन्न आरोह अवरोह पार गर्दै एउटा छुट्टै पहिचानका साथ यो विन्दुमा आईपुगेको छ। आगामी वर्षहरुमा हामी संस्थालाई अझै खुल्ला एवं व्यापक बनाउँदै संगठन निर्माणलाई पूर्णता दिएर पहिलो महाधिवेशन मार्फत औपचारिकता प्रदान गरी “सक्षम नेतृत्वकर्ता जन्माउने वृहत अभियान” का लागि एउटा बलियो आधारशिला खडा गर्न चाहन्छौँ।त्यसका लागि हामीले यहाँहरुको विगतमा जस्तै साथ, सहयोग, सल्लाह, सुझाव एवं रचनात्मक आलोचनाको अपेक्षा गरेका छौँ।
Comments are closed.