पोखरा हटलाईन
पोखरा, २ असोज
सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् ।कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् ।उनले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई ति सामग्री हस्तान्तरण गरेकी थिइन् ।नेपाली काँग्रेस कास्कीका नेता विजयराज आचार्य, फणिन्द्र कोइराला, नेपाल औषधी व्यवसायी संघ गण्डकी उपाध्यक्ष झलक शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञराज पौडेलको उपस्थितिमा ति सामग्री हस्तान्तरण गरिएको थियो ।
Comments are closed.