काठमाडौं १७ असार ।
नेदरल्याण्डविरुद्धको पहिलो टी २०
क्रिकेटमा नेपाल १८ रनले पराजित
भएको छ । यससँगै चार म्याचको
श्रृखलामा नेपाल १–० ले पछि परेको
छ ।
मंगलबार राति नदेरल्याण्डले
प्रस्तुत गरेको १३४ रनको लक्ष्य
पछ्याएको नेपालले ७ विकेट
गुमाएर ११६ रन मात्र बनाउन
सक्यो । नेपालको सुरुवात राम्रो
रहेन । ओपनिङमा सुवास खकुरेल र
ज्ञानेन्द्र मल्ललाई खेलाइएको थियो ।
तर, स्कोर बोर्डमा मात्र १२ रन हुँदा
नेपालले पहिलो विकेट गुमायो ।
खकुरेल मात्र २ रनमा आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङका
लागि विनोद भण्डारी आए । तर,
ज्ञानेन्द्रसँग १२ रनको साझेदारी गर्दै
उनी पनि ब्यक्तिगत ५ रनमा आउट
भए । थप ९ रन जोड्दा नेपालले
तेस्रो मात्र १३ रनमा रन आउट भए । छैटौं
नम्बरमा ब्याटिङमा आएका शरद
भेसवाकरले पनि कप्तान पारसलाई
साथ दिन सकेनन । उनी १६ रनमा
आउट भए । प्रदिप ऐरी ६ र करण
केसी २ रनमा आउट भए । पारस
खड्का ४५ र बसन्त रेग्मी १
रनमा अविजित रहे । यसअघि पहिले
ब्याटिङ गरेको नेदरल्याण्डले २०
ओभरमा ५ विकेट गुमाएर १३४
रन बनाएको थियो । उसको पनि
सुरुवात राम्रो थिएन । ३२ रन जोड्दा
महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।
Comments are closed.