नेपालका युनाइटेड अरब इभिरेट्स (UAE) का राजदूत र नेकपाका उपाध्यक्ष गौतमबिच भेटवार्ता

२०७७ मङ्सिर २७, शनिबार

कामाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम र  नेपालका युनाइटेड अरब इभिरेट्स (UAE ) का राजदूतले भेट वार्ता गरेका छन् ।

शुक्रबार  गौतमको सचिवालय भैँसीपाटीमा भएको भेटमा राजदूतले नेपाललाई कृषि प्रधान देशको रुपमा विकास गरि स्वदेश मै रोजगारीको वातावरण सिर्जना गरि युवाहरूलाई कृषि प्रति प्रोत्साहन गर्नु पर्ने बताएका थिए ।

विदेशी सहयोगमा कृषि फार्म खोली आफ्नो देशलाई ५१ प्रतिशत मुनाफा र ४९ प्रतिशत मुनाफा विदेशीहरुलाई  दिने घोषण पत्रमा  उल्लेख गरेका थिए । राजदूतले नेकपा आहिले गम्भीर  मोडमा गएको हुँदा यो समयमा अत्यावश्यक बाहेक  कसैसँग पनि भेटघाट नगर्ने र पार्टी एकताको लागि आफु हरपल लागी रहने जानकारी दिएका थिए ।

जुनसुकै परिस्थितिमा पनि आफ्नो देशले नेपालीको विकास र समृद्धिमा सहयोगी भुमिका खेल्न आफू उत्सुकताको साथ तयार रहेको  राजदूतले बताएका थिए । भेटकै क्रममा  नेता गौतमले आफ्नो देशका युवाहरु विदेशमा गएर गएर पसिना बगाएको देख्दा आफुलाई दु : ख लागेको बताएका थिए ।

Comments are closed.