नेपालको फराकिलो जित।

भदौ, २१

📝 अजित तिमिल्सिना

बङ्गलादेशमा जारी साफ सुजुकि कपमा नेपालले आफ्नो दोस्रो खेलमा भुटानलाई हराउन सफल भएको छ। करिब दुई वर्ष जति जित विहीन नेपाल राष्ट्रिय फुटबल टिम अन्तत जितको खडेरी टोढेको छ। नेपालले भुटानलाई ४ – ० ले पराजित गर्न सफल भएको छ।

दोस्रो चरणमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब थियो। सोहि दबाबलाई आत्मसाथ गर्दै नेपाले जारी साफ सुजुकि कपमा दोस्रो चरणमा जाने ढोका खोलेको छ। अनन्त तामाङको उत्कृष्ट हेडिङ बाट नेपालले गोलको खाता खोलेको थियो। त्यस्तै भुटानि डिफेन्डरले नेपाली खेलाडीलाई डि बक्स भित्र लडाए पछि नेपालले खेलको ७१ औ मिनेटमा पेनाल्टी पाएको थियो। बिमल घर्तीले हानेको पेनाल्टी विपक्षी गोलरक्षकले बचाउ गर्दै रिभाउन्ड आएको बललाई सुनिल बालले प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फरवार्ड भरत खवासले ७९ औ मिनेटमा गोल किपरलाई अच्चमित पार्दै लोभ लाग्दो गोल गरेका थिए। त्यस्तै खेल सकिन दुई मिनेट बाँकी रहँदा निराजन खड्काले गोल गरेर सङ्ख्या बढाए।आफ्नो पहिलो खेल पाकिस्तान सँग फितलो देखिएको नेपाली फरवार्ड लाइन भुटान विरुद्ध खरो उत्रिए। सुधारिएको खेल पस्केको नेपालले गोल गर्ने अन्य थुप्रै अवसर खेरा फालेको थियो।

जितसँगै नेपालको दोस्रो चरणमा जाने सम्भावना बलियो भएको छ  नेपालले अब आफ्नो तेस्रो खेल आयोजक टोली बङ्गलादेश सँग खेल्ने छ।

फोटो : Goalnepal

 

Comments are closed.