नेपालभर फैलिँदै पोख्रेली पानीको ब्राण्ड पिउरो

पोखरा हटलाइन

पोखराको फुट ट्रयाकमा नाङ्लोमा थापिएको सानो पसल होस या ठुला रेष्ट्रुरेन्ट , साना खुद्रा पसल होस या डिपार्टमेन्टल स्टोर्स  सबै ठाँउमा ग्राहाकले पानी माग्दा  परम्परागत पानीको बोतल भन्दा भिन्न आकर्षक रहेको पियरो पानीको बोतल दिइन्छ। छोटो समयमा नै गुणस्तरीय पानी उपलब्ध गराएर पोख्रेली ग्राहक माझ निकै चर्चित रहेको पानीको ब्रान्ड पिउरो  काठमाडौ उपत्यकामा पनि बिक्री सुरुभएको छ। ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ। 

उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममाप्रोडक्ट लन्चिङगरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होमडेलिभरी गरिने एक महिना पछि पसलहरुमा उपाब्ध हुने बताइएको छ।

पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ। खाद्य तथा गुणस्तर नियन्त्रणबिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन् उनी भन्छन्– ‘खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेकहप्ता परिक्षण गर्दै आएका छौं ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।

पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन्–‘हामी ग्राहकको स्वास्थ्य प्रती सचेतछौं। त्यसैले लुकाउनु पर्ने केही छैन। साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेकाछौं

पिउरोले पोखरा आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।

 

Comments are closed.