नेपालमा पछिल्लो २४ घन्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा हटलाईन

असार १५
काठमाण्डौ,

 

नेपालमा सोमबार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४७६ जनामा संक्रमण देखिएको हो । जसमा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । जसमा १ हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा १३ महिला र १०८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३१३४ पुगेको छ । जसमा २६८ महिला र २८६६ पुरुष रहेका छन् ।

Comments are closed.