नेपालमा भुइँचालो : धर्मराज लामिछाने

भूर्गवविद्द्धारा गरिएको वैज्ञानिक अध्ययन अनुसन्धान
अनुसार हालको समयमा भारतीय भू–खण्ड (इन्डियन प्लेट)
बर्षको सरदर एक इन्चले तिव्बतीय भू–खण्ड (तिव्वतीयन प्लेट)
भित्र घसिँ्रदैछ । यही घस्राइका कारण उत्पन्न हुने चाप बढ्दै
जाँदा भौगर्भिक चिराहरुमा हुने हलचलका कारण नेपालमा
बारम्बार जाने गरेको हो ।
म्यानमार देखि अफगानिस्तान सम्मको लगभग दुई हजार
पाँचसय किलोमिटर लामो हिमालय श्रृंखला संसारकै प्रमुख
भू–कम्पीय संवेदनशील क्षेत्र भित्र पर्दछ । यहि हिमालय पर्वत
श्रृंखलाको झन्डै बीचको एक हजार किलोमिटर लामो भागमा
नेपाल अवस्थित छ । त्यसैले नेपाल भू–कम्पीय हिसाबले अति
संवेदनशील क्षेत्र भित्र पर्छ भनेर भनिँदै आएको हो ।
नेपालमा महाभूकम्प कहिले कहिले गयो ?
वि.सं. १३१० देखि हाल २०७२ साल वैशाख १२ र १३
गतेसम्मका ५ रेक्टरभन्दा माथीका रेक्टर स्केल यस प्रकार छन्
ः– जस्तै वि.सं. १३१० साल, १३१६ साल, १४६३ साल, १७३७
साल,१८६६ साल, १८८० साल, १८९० साल, १८९१ साल, १९९०
साल, २०३१ साल, २०३७ साल, २०५४ साल, २०५८ साल,
२०५९ साल, २०६० साल, २०६८ साल, २०७२ साल वैसाख १२
र २९ गते सम्म नेपालमा ५ रेक्टर देखि माथी ८.४ रेक्टर स्केल
सम्मका भू–कम्पहरु गएका थिए ।
हालै नेपालमा २०७२ वैशाख १२ गते ७.६ रेक्टर र वैशाख
२९ गतेको ६.८ रेक्टर स्केलको भू–कम्पले पारेको प्रभावित
जिलला २९ र अति प्रभावित जिल्ला १४ जिल्ला पर्दछन् ।
गोर्खा जिल्लाको वारपाक केन्द«बिन्दु
१ गोर्खा, २ धादि·, ३ रसुवा, ४ नुवाकोट, ५ काठमान्डौं,
६ ललितपुर, ७ भक्तपुर, ८ मकवानपुर, ९ काभ्रेपलान्चोक,
१० सिन्धुपाल्चोक, ११ दोलखा, १२ रामेछाप, १३ सिन्धुली, १४
ओखलढुँङगा हुन तर ति भन्दा साना ४ रेक्टर सम्मका भू–परकम्पन
त कति हुन कती ? करिब दुईसय भन्दा माथकिो अनुमान गर्न
सकिन्छ । यसरी नयाँबर्ष सुरु भएको दई साता पनि नबित्दै २०७२
वैशाख १२ गते दिउसो ११.५६ मा गोर्खा जिल्लाको उत्तरी वारपाक
लाई केन्द«विन्दु बनाएर ७.६ रेक्टर स्केलको भू–कम्प गयो । जसवाट
अकल्पनियरुपमा ठुलो मानविय र भौतिक क्षति हुन पुग्यो । क्षतिको
विवरण सङकलन गर्ने कार्य अझै पनि जारी छ । यी क्षति प्रभावित
१४ जिल्ला लाई संकट ग्रस्त जिल्ला घोषणा गरेको छ । गृह सचिव
सूर्य प्रसाद सिलवालका अनुसार ३५ हजार नेपाल प्रहरी, १७ हजार
सशस्त्र प्रहरी, ७० हजार भन्दा बढि नेपाली सेना, परिचालन गरि
खोज तथा उद्धार र राहत वितरण कार्यमा खटाएको जनाएको
छ । संयुक्त राष्ट्रसंघका अनुसार भू–कम्पले ३९ जिल्लाका ८०
लाख जनता प्रत्यक्ष प्रभावित छन् । ती मध्ये १४ जिल्लाका २०
लाख जनता अति प्रभावित छन् । यो २०७२ को भूँईचालो भन्दा
वि.स. १९९० माघ महिनामा गएको ठूलो महाभूकम्प ८.४ रेक्टर
स्केलको थियो । त्यो वेलाको कम जनसंख्या भएको वेलाको
अवस्थामा पनि ८५१९ जना भन्दा वढि नेपालीको मृत्यु भएको
थियो । हाल भूकम्पकै कारण २ लाख ८८ हजार घरवास क्षति
भएका छन् । १० हजार ६ यसय सार्वजनीक भवनहरु र २ लाख
६० हजार घरहरु आँशिक रुपमा क्षति भएका छन् । लाखौं
घरपरिवार विस्थापित हुन परेको तितो यर्थाथ छ । प्रभावित
जिल्ला २९, प्रभावित नागरिक करिव ८० लाख, मृतक ८६३०,
उपचार गराइरहेका घाइते करिब १ लाख ४ हजार, बेपत्ता
भएका ३६६ जना, उद्धार गरिएका व्यक्तिको संख्या ११८८१
जना, भग्नविशेषबाट उद्धार गरिएका १३५५ जना क्षतिग्रस्त
घर पूर्णरुपमा ४,८८७८१ उद्धारकर्मि नेपालका सुरक्षाकर्मिमा १
लाख ५० हजार, विदेशी ४५२१ उद्धार गरिएका व्यक्ति ११८११
जना, विदेशी स्वास्थ्य टोली ७८ समुहका १४००, र राहत
पठाउने राष्ट्र २३ वटा रहेका छन् ।
पाठ सिक्न जरुरी
कास्की जिल्लाको पर्यटकीय क्षेत्र पोखरा हो । पर्यटकीय दृष्टिले
विश्व सामु प्रमुख गन्तव्य राष्ट्रको रुपमा पहिचान बनाउन सफल नेपालमा
हालै आएको विनासकारी भूकमपले पर्यटन क्षेत्रमा गम्भीर धक्का पुगेको
छ । अन्य जिल्लाको तुलनामा पर्यटनको राजधानी पोखरामा भूकम्पले
खासै असर नपरे पनि सिंगो पर्यटन क्षेत्र १÷२ बर्षपछि धकेलिने आशंका
पर्यटक व्यवसायीले गरेका छन् । अब हामी नेपाली दाजुभाई युवाहरु,
दिदी बहिनी महिलाहरु सबै एकजुट भएर नयाँ संरचनामा जागृत भएर
अगाडी बढ्न पर्छ । प्राकृतिको नियम संग कसैको केही पनि लाग्दैन । तर
हामी ले हरेश खानु हुँदैन । वनमा बूढो रुख ढल्यो भने अर्को नयाँ बोट
उम्रनेछ र जङगल हराभरा भएझै – यि हाम्रा पुराना संरचनाहरु पनि
भूकम्पले विनास पारे पनि अब नयाँ घर मापदण्ड अनुसार इन्जिनियर
प्राविधीकको सल्लाहनुसार नक्सा पास गरी नयाँ प्रविधि अपनाएर घर,
विद्यालय, संघ सस्था, सरकारी भवनहरु अब नयाँ तरिका सिकेर
आऊँ बलियो बनाऔं ।dharmaraj-lamichhane

Comments are closed.