काठमाडौ २५ असार । आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रने भएको छ ।
विहिबारदेखि सञ्चालन भएको प्रतियोगितामा नेपाली टोलीले आज नेपाली समयअनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । प्रतियोगितामा विभिन्न १४ राष्ट्रको सहभागिता छ ।
नेपालले समूह चरणको खेलमा अमेरिकासहित हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स ९युएई०, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।
उक्त प्रतियोगितामा शीर्ष छ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । त्यस्तै प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
Comments are closed.