नेपाली काँग्रेस बिपिको चुनावी प्रचार प्रसार तिव्र

मंसिर ३, लेखनाथ । आगामी मंसिर १४ गते हुन गईरहेको उप–निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस बिपिले कास्की क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तिव्र पारेको छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने मुख्य नाराका साथ चुनावी अभियानमा होमिएको पार्टिले मंगलबार कास्कीका विभिन्न ठाउँमा कोणसभा तथा घरदैलो अभियान सम्पन्न गरेको हो ।

नेपाली काँग्रेस बिपि कास्कीका कोषाध्यक्ष नरभुपाल पौडेलको नेर्तत्वमा पोखरा महानगरपालिकाको वडा नं. ४, ७ , ८, ९, ११, १५ र १७ मा प्रचार प्रसार एवं घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शिलशिलामा पोखराको वडा नं. ३३ स्थित सिगारेवास दलितवस्तीबाट ६५ जनाको संख्यामा केन्द्रीय सदस्य खडग ब. विश्वकर्माको नेर्तत्वमा विभिन्न पार्टि परित्याग गरि नेपाली काँग्रेस बिपिमा प्रवेश गरेको चुनाव प्रचार प्रसार समितिका संयोजक एवं केन्द्रीय सदस्य याम ब. आलेले जानकारी दिएका छन ।

चुनावी प्रचार प्रसारको शिलशिलामा सोेमबार पोखराको पृथ्पीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार लगायतका ठाउँमा कोणसभा गर्नुका साथै क्षेत्र नं. २ को आँटीघर मौजामा पनि घरदैलो अभियान सम्पन्न गरेको छ ।

आयोजित कोणसभालाई पार्टिका महामन्त्री पुष्प पराजुली, उम्मेदवार चन्द्र ब. रानाभाट, प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य र केन्द्रीय सदस्य खड्ग ब. बिक, महिला नेतृ लक्ष्मी नेपाली लगायतले सम्बोधन गरेका थिए ।

कोणसभामा बोल्ने वक्ताहरुले देशमा हाल भईरहेको बेथिती र भ्रष्टाचारलाई उन्मुलन गर्दै महंगो संघियताको खारेजी गरि शुशासन कायम गर्नको लागि निर्वाचनमा करुवा चिन्हमा मतदान गरि उम्मेदवार रानाभाटलाई अत्याधिक मतले विजयी गराउन अनुरोध गरेका थिए ।

सोमबार नै पोखराको १५ नं. वडामा ३० जनाले विभिन्न पार्टि परित्याग गरि नेपाली काँग्रेस बिपिमा प्रवेश गरेका थिए ।

Comments are closed.