नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान हुँदै

बोहराटारमै पुगेर पौडेलसँग भेटे सभापतिका उम्मेदवार कोइरालाले

पोखरा हटलाईन

काठमाडौ,मंसिर २७

 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्।कोइरालाले आज बिहान  बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन्। भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्नभन्दै  पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए।  राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेललेआफूलाईसघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नैरहेकोबताएका थिए।  भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए।सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला  मिल्न सकेको भए राम्रो हुने उनकोभनाइ थियो।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । मतदानको समयसम्म उम्मेदवारहरुले आफ्नो पक्षमा मत मागिरहेका छन् ।
सभापतिका ५ उम्मेदवार छन् । निवर्तमान सभापति समेत रहेका शेरबहादुर देउवाले बीपी पुत्र डा. सशांक कोइरालालाई फकाउन बालुवाटारमा बैठक बोलाए । शशांकले स्वकीय सचिव भरत तिवारी लिएर बालुवाटारमा प्रधानमन्त्रीसँग भेटे । उनले सहयोग गर्ने आश्वासन पनि दिएको स्रोतले जनाएको छ । देउवा भेटेको र सहयोगको आश्वासन दिएको समाचार सार्वजनिक भएपछि उनका स्वकीय सचिव भरत तिवारीले भने आफूहरूले डेढ महिनादेखि देउवालाई नभेटेको दाबी गरेका छन् । ‘डेढ महिना भयो उहाँलाई नभेटेको । बाहिर आएका होहल्लाहरू निराधार हुन्,’ उनले भने, ‘डा. सावको समर्थन शेखर टीमलाई नै हो ।’

Comments are closed.