नेपाली कांग्रेस अन्नपूर्ण १ मा चुनावी प्रचारप्रसारका कार्यालय स्थापना


बैशाख, अन्नपूर्ण, कास्की ।
स्थानीय तहको चुनावका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित नागडाडामा नेपाली कांग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना भएको छ ।
आईतवार एक कार्यक्रमका वीच नेपाली कांग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिकाका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार एवं नेपाली काँग्रेस कास्कीका उपसभापति समेत रहेका युवराज कुँवरले सम्पर्क कार्यालयको उद्घााटन गरेका छन् ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै पालिकाका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार कुँवरले आफूहरुलाई पुनः जिताउन मतदाता समक्ष अपील गरेका छन । अन्नपूर्ण गाउँपालिकामा पाँच बर्षको अवधिमा हाम्रो टिमले धेरै काम सम्पन्न गरेको बताउदै केही कामहरू अझै अधुरो अवस्थामा रहेका छन, ती कामहरू पूरा गर्नका लागि अझै एक कार्यकाल चाहिने हुँदा मलाई पाटीले पुनः टिकट दिएको हो, उनले भने ।
‘आगामी कार्यकालका लागि काम गर्न मलाई खाका तयार गर्नुपर्ने अवस्था छैन, मसँग अनुभव पनि भएको हुनाले हामीले अघि बढाएका कामलाई पूरा गर्नुछ त्यसलाई पूरा गर्नका लागि एकपटक फेरि दोहोरिएर आएको‘ उनले बताए । अन्नपूर्ण गाउँपालिकाको समृद्ध बनाउनका लागि विकासका योजनाहरु आफूसंँग रहेको भन्दै जनताको बीचमा गरिएका बाचालाई कहिल्यै नभुल्ने प्रतिबद्दता पनि व्यक्त गरे ।
कुँवरले जनताको बीचमा रहेर उनीहरुको चाहाना अनुसारको विकास तथा समृद्दिको यात्रामा सहयात्री बनेको आउदा दिनमा पनि सहयात्री बन्न आफू तयार रहेको बताउँदै उद्देश्यलाई सफल पार्न निरन्तर लागि पर्ने पनि बताए ।
यस्तै, उपाध्यक्षका उम्मेदवार खिमकुमारी गुरूङले विगत पाँच वर्षमा नेपाली कांग्रेसको नेतृत्वमा गाउँपालिकामा गरेको विकास निर्माणको कार्यबाटै आम नागरिकले नेपाली कांग्रेसलाई चिनेको बताईन । आगामी दिनमा पनि योजनाबद्ध रुपमा दिर्घकालिन रुपमा छाप रहने गरि कार्य गर्ने उनले दाबी गरिन् ।
नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीले गाउँपालिकामा युवराज कुवँरको काम गराईको शैलीले मतदाताको आकर्षण बढेको कारण पाटीले पुनः टिकट प्रदान गरेको बताउदै यसपटक पनि विजय सुनिश्चित रहेको बताए ।
अन्नपूर्ण गाउँपालिका वडा नं १ का वडाध्यक्ष भरत जंग कुवँरले वडावासीको जनप्रतिनिधी भएर काम गर्ने अवसर प्रदान गरेकोमा मतदातालाई धन्यवाद दिदै वडा नं १ लाई सुशासन र दिगो विकासमा अन्नपूर्ण गाउँपालिका कैै नमुना वडा बनाएको दावी गरे ।
वडाध्यक्षका उम्मेद्वार एवं पूर्व वडा सदस्य समेत रहेका ईन्द्रप्रसाद सुवेदीले विगतका दिनमा आफनो टिमले वडाको विकासका लागि गरेको कार्यको मूल्याङकन गरी पुनः अमुल्य मत दिएर विजयी गराउनेमा आफुहरु विश्वस्त रहेको बताए । उनले पाँच वर्ष अगाडिको निर्वाचनमा वडावासीले नेपाली काँग्रेसलार्ई निर्वाचित गराएपछि वडामा थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेको दाबी समेत गरे । उनले स्वच्छ छबि, मन वचन र ईमान्दारिताका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली काँग्रेस अन्नपूर्ण १ का कार्यवाहक सभापति गिरधारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका उपसभापति चेतभक्त लम्साल सचिव नरपति दाहाल, नेपाल तरुण दल अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष दिलबहादुर जिसी लगाएतले उम्मेदवारहरुलाई शुभकामना व्यक्त गर्दै मतदातालाई आठ रुखमा सात छाप लगाई नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका थिए । । कार्यक्रम पश्चात उम्मेदवारहरुले वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments are closed.