नेपाली खाना र संस्कृतिकासाथ पोखरामा खुल्यो पलेटी होम्स्

DSC_0117पोखरा ३० बैशाख/ विदेशी कला संस्कृति, रहनसहन तथा जीवनशैलीले नेपाली संस्कृतिलाई साँघुरो बनाउँदै लगिरहेकोमा धेरैको चिन्ता छ । लोप हुँदै गएको नेपाली संस्कृति र पहिचानलाई जोगाउन कतिले आफ्नो ठाउँबाट व्यावसायिक तथा सामाजिक रुपमा अभियान चलाइरहेका छन् । पोखरामा एक युवाले पनि नेपाली सस्कृति संरक्षणमा जोड दिँदै नयाँ होटल संचालनमा ल्याएका छन् । नेपाली संस्कृति र नेपाली खानाका पारखीहरुलाई मध्यनजर गर्दै पोखराको सभागृह नजिकै २७ बर्षे युवा दिवस गुरुङले नेपाली परिकार र संस्कृतिलाई जोड दिँदै पलेटी होम्स् रेष्टुरेन्ड एण्ड बार संचालनमा ल्याएका हुन् ।
‘करिव ७ बर्ष विदेशमा होटल तथा रेष्टुरा क्षेत्रमा अनुभव गरें र हेरें । धेरैजसो ठाउँमा आफ्नै संस्कृतिलाई बचाउँदै स्थानीय उत्पादन तथा परिकारको राम्रो बजारिकरण गर्थे’ गुरुङले भने, ‘म पनि विदेशको होटल म्यानेजरको काम छाडेर नेपालमै केही गर्छु भनेर फर्किएँ ।’
गुरुङ होटल म्यानेजमेन्टको अध्ययनका लागि सिंगापुरमा थिए । उनले अध्ययनसँगै त्यहाँको होटलमा ६बर्ष म्यानेजरको काम गरे । त्यहाँ राम्रो कमाइ पनि थियो । एक बर्ष अफ्रिकाको नाइजेरियामा म्यानेजर भएर काम गरी अनुभव बटुलेका गुरुङले पोखरामा त्यही अनुभवलाई सदुपयोग गर्न लागेको बताए ।
होटलमा नेपाली खानालाई प्रमुख रुपमा रहनेछ भने सारङ्गी, मादल लगायतका बाजामा स्थानीय लोकसंगित सुन्न सकिनेछ । फापर तथा कोदोको ढिँडो तथा विभिन्न जातजातिका विशेषता झल्कने खानाको व्यवस्था गरिएको गुरुङले बताए । ‘हामी नेपाली संस्कृतिलाई बिर्सँदै गएका छौं । चाहे त्यो सामाजिक रुपमा होस्, चाहे व्यावसायिक रुपमा होस् त्यसको संरक्षण गर्नुपर्ने लाग्यो । मैले होटल संचालन गर्नुको पहिलो प्राथमिकता नै नेपाली संस्कृति र परिकारलाई प्रवद्धन गर्दै व्यावसायिक रुपमा माथि उठाउनु हो’ गुरुङले भने ।jhankar1 (1)
पोखरा पर्यटकीय नगरी भएपनि उनले विदेशी पर्यटक भन्दा नेपाली ग्राहकलाई लक्षित गर्दै होटल संचालनमा ल्याएको बताए । ‘बजारमा धेरै डान्सबार, दोहोरी साँझ खुलेका छन् । तर, धेरैमा विदेशी संस्कृति र त्यही अनुरुपका परिकारको विकास हुँदै गएको अवस्थामो चुनौति मोलेरै भएपनि यस्तो होटल संचालनमा ल्याएको हूँ’ उनले भने । सुरुमा प्रत्येक शुक्रबार सारङ्गी र मादलको साथमा प्रस्तुति दिने योजना उनको छ । ग्राहकको अनुरोध अनुसार प्रस्तुति बढाउँदै लाने उनले योजना सुनाए । करिव ४५ लाख रुपैयाँको लगानीमा आजदेखि औपचारिक सुरुमा सुरु भएको होटलमा ६ वटा स्तरिय एटेज कोठा हुने छन् भने २ वटा सामान्य कोठा रहने गुरुङले जानकारी दिए ।dindo
होटलमा दश जनाले रोजगारी पाएका छन् । मिटिङ तथा डाइनिङ हलको सुविधासमेत होटलमा रहेको संचालक गुरुङले जानकारी दिए । दुइ बर्षदेखि पोखरामा कास्का एजुकेशन कन्सल्टेन्सीसमेत संचालन गर्दै आएका गुरुङले पलेटी होम्स् संचालनमा ल्याएका हुन् । ‘कुनैपनि व्यवसायको उद्देश्य पैसा कमाउन कै लागि हो तर, मैले त्यसरी मात्र सोंचेको छैन । सामाजिक काम पनि सँगै लैजाने विचार गरेको छु’ उनले भने । गुरुङले समाजमा रहेका असक्त, असहाय र गरिवका लागिसमेत आफुले रकम छुट्याउने बताए । उनले देशका विभिन्न ठाउँमा भूकम्पमा परि उपचारका लागि पोखरा आएकाहरुलाई सहयोग गर्ने बताएका छन् । स्तरिय खाना र अन्य सुविधासँगै छिट्टै पोखरामा अरुपनि पलेटी होम्स्को शाखा विस्तार गर्ने योजनामा आफु रहेको गुरुङले जानकारी दिए ।

Comments are closed.