नेपाली खेलकुद इतिहासमा पहिलो पटक महिला सदस्य–सचिव

काठमाडौँ, ३२ जेठ
नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन् । विसं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् ।timthumb
उनले पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ’ – सदस्य–सचिव नगरकोटी भन्छिन् ।

उनले भूकम्पका कारण अस्तव्यस्त भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धतासमेत व्यक्त गरिन् । सदस्य–सचिव नगरकोटी विसं २०४६ मा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी हन् । विसं २०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद सङ्घमा पदाधिकारीका रुपमा रही काम गरेकी छन् । उनी नेकपा एमाले डडेल्धुराको उपसचिवसमेत हुन् । त्यस्तै राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले सदस्य–सचिव नगरकोटीलाई सफलताको शुभकामना दिँदै अहिलेको टिममा एकता भएको हँुदा खेलकुद क्षेत्रको विकासमा कुनै कमी नरहने भनाइ व्यक्त गरे ।

Comments are closed.