नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा नयाँ नेतृत्व

पोखरा २५,चैत
आर्थिक विषयका कारण विगत लामो समयदेखि अधिवेसन हुन नसकेको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ । नेपाली कांग्रेसका जनसम्पर्क समिति विभागका प्रमुख अर्जुन जोशीले पत्रमार्फत प्रमु सापकोटालाई संयोजकको जिम्मा दिएपछि समितिले नयाँ नेतृत्व पाएको हो । सोमवार दिईएको पत्रमा सापकोटा नेतृत्वको १८ सदस्यीय समितिलाई अधिवेसन सम्पन्न गर्न पनि निर्देशन दिईएको छ ।
तीन महिनाभित्र अधिवेशन सम्पन्न गरीसक्नुपर्ने निर्देशनका साथ तोकिएको समतिका अन्य सदस्यहरुमा सुरेस गुरुङ, दिनेशराज जोशी, पुरुषोत्तम मिश्र, परसुराम अधिकारी, किरण बराल, दुर्गा आचार्य, सन्तोष सिटौला (खगेन्द्र), अभिमन्यु केसी, सिजन गिरी, नारायण काफ्ले, पुननाथ घिमिरे लगायतको नाम रहेका छन् । त्यसैगरी विभागद्धारा ७ सदस्य सल्लाहकारको नाम समेत पत्रमा नै उल्लेख गर्दै सल्लमहकार समिति पनि गठन गरीएको छ । नयाँ समितिका सदस्य रहेका किरण बराल विगतमा कास्कीमा नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्वमा रहदै आएका थिए । विगत केहि वर्षदेखि अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका बराल विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।
नयाँ समिति गठनपछि कुरा गर्दै बरालले बिवादलाई मिलाउदै अधिवेशन गराउनका निम्ति आफहरु एकढिक्का भएर लाग्ने जानकारी दिए । त्यसैगरी नवगठित समितिका संयोजक सापकोटाले विज्ञप्तीमार्फत पार्र्टी र बिभागले दिएको निर्देशन अनुरुप कार्य सम्पादन गरी अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली कांग्रेस प्रति आस्थावान नेपालीहरुको भावनालाई सम्मान गर्ने बताएका छन् । “एक आपसमा सद्भाव कायम गर्दै बिगतका कमि कमजोरीलाई दोहोरिन नदिई जनसम्पर्क समिति अष्ट्रेलियाको गतिबिधिलाई अघि बढाउदै क्रियाशिल सदस्यता बितरण तथा अधिबेशनको तयारीमा जुट्ने छौं ।”–विज्ञप्तीमा भनिएको छ ।

Comments are closed.