काठमाण्डौ,
नेपाली चलचित्र बजारमा हाल चर्चामा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि सिफारिस भएको छ।सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति द्वारा अन्तराष्ट्रीय प्रतिष्ठित पुरस्कार ‘ओस्कार अवार्ड’मा सिफारिस भएको हो। अवार्ड कार्यक्रम मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा हुनेछ।समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
Title song link https://www.youtube.com/watch?v=UXNBB9WoSu8
Comments are closed.