विगत चौतीस वर्ष देखिको लगातारको प्रयास पछि नेपाली फुटवल टिमले अन्तराष्ट्रय फुटवलको उपाधी हात पारेको छ। भरखरै मलेसियाको कुचिंग स्थित सरावक स्टेडियममा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाइ पराजित गरि अहिले संमकै सवै भन्दा ठूलो उपाधी हात पार्न सफल भयो। अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले हासिल गरेको यो सफलताले खेलाडिहरूको मात्र होइन सिंगो मुलुककै प्रतिष्ठा वढेको छ। यस सफलतालाइ चुलीमा पुर्य्याएर विश्वकप खेल्न सक्ने आट खेलाडीहरूमा वृद्धि भै दियो भने अझठूलो सफलता मिल्न सक्ने छ। यस अघि एशियाली खेलकूदमा सन १९८४ मा सन २९९३मा स्वर्ण पदक जितेको थियो।यसै गरि गत वर्ष वंगवन्धु गोल्डकप र गत वर्षमै १२ औ एशियाली कप समेत गरि चार पटक उपाधि हसिल गरे पनि स्तरको हिसावले यो पहिलो मानिएको छ।एक वर्ष अगाडि संम म्याच फिक्सिंग गर्नेहरू हरेक खेलको अन्तिममा पुगेर पराजित भै दिन्थे। उनी पक्राउ भएर कारवाही भोग्दैछन। म्याच फिक्सिंका ठेकेदारहू पनि एन्फावाट वाहिरिएका छन।यति वेला उनीहरूको कुनै हात छैन। खेलाडिहरू देशको लागि खेल्न थालेका छन। जसले फुटवलको खेलमा सुधार मात्रै होइन राम्रो प्रतिस्पर्धि राम्रो र सर्वप्रथम देखिन थालेका छन।व्यक्तिगत लाभ हानीमा फुटवल खेल्ने र खेलाउने किनारा लाग्नु नै यस पटकको सफलताको कडि हो। यस पटक राम्रो भयो। सफलता हात लाग्यो भनेर हौसिरहनु पनि हुदैन। खेलको स्तर वृद्धिमा पनि लाग्नु पर्दछ। खेलाडिलाइ हौसला प्रदान संगै उनीहरूको जीवन वृत्तीलाइ पनि ख्याल गर्नु पर्दछ। लोभिपापी र अपराधी जही तही छन। सज्जनलाइ पनि वदमास वनाउन वेरै लाग्दैन। यसर्थ यस पटकको सफलता लाइ आधार मानेर आउने दिनहरूलाइ स्मरण योग्य वनाउन सरकार खेलकूद परिषद नागरिक समाज क्रृयाशील भैरहनु पर्दछ। सरकारले खेलाडीलाइ तीनलाखको दरले सहयोग गर्ने भनेको छ। खेलकूद परिषदले त्यसको दोव्वर रकम दिनु पर्दछ।यसमा नागरिक समाजको पनि सहभागित होस। यो खेल खेलाडीको मात्र,खेल कूद मन्त्रालयको मात्र र खेलकूद परिषद को मात्र हो भन्ने कुरा दिमाग वाट हटाउन सक्नु पर्दछ। अाज फुटवलमा सफलता मिल्यो भोलि अन्य खेलहरूमा पनि यस्तै सफलता मिल्न सक्छ। चाहे जुन सुकै खेलहरूमा होस राज्य, खेलकूद मन्त्रालय , खेलकूद परिषद लगायत विभिन्न संघ संघ संस्थाहरूले एउटै मिसन वनाएर अगाडि वढ्यो भने राम्रो विकास हुन सक्दछ।
Comments are closed.