वैशाख-१६, पोखरा
भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालले परिवर्तित कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरूको सहभागिता र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्दै नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि ,भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो
।कुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत दुई सयभन्दा बढी शिक्षकशिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष विक्रम पौडेलले दिनुभयो।
परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिनुभयो ।
Comments are closed.