नेपाली भाषा शिक्षक परिषद्ले पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्ने

वैशाख,१५ पोखरा
नेपाली भाषा शिक्षक परिषद्ले पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्ने भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ वि. सं.२०६६ सालमा स्थापित भई नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले परिवर्तित कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरूको सहभागिता र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्न लागेको हो । यही मिति २०८० वैशाख १६ गते कुमुदिनी माध्यमिक विद्यालको सभाहलमा बिहान १० बजे सुरु हुने उक्त कार्यक्रममा सहभागिताका लागि विद्यालयमा पत्राचार गरिसकिएको र कारणवश पत्र प्राप्त नभएको भए पनि नेपाली भाषा शिक्षकहरू सम्पूर्णलाई विभिन्न माध्यमबाट सम्प्रेषण भएका सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित हुन परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले आग्रह गर्नुभएको छ ।

Comments are closed.