नेपाली युवाको यात्रा हार्वाड विश्व विधालयसम्म ।

📝 अजित तिमिल्सिना

पोखरा, ९ भदौ

कुनै पनि लगनशील विद्यार्थीको चाहना हुन्छ विश्वका प्रख्यात विश्व विधालयमा पढ्ने। सबैले सपना देखेर मेहनत गरेका हुन्छन तर मेहनतले सबैको सपना कहाँ पुरा हुन्छ र ? पाल्पामा जन्मेका पोखरामा हुर्किएका विल्सन बस्यालको मेहनतले सपना पुरा गरेको छ अठोट मेहनत र परिश्रमको खोल ओडेर।

 

पोखराको प्रतिभा उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेर, विल्सनले पोखराकै गण्डकी उच्च माविमा ए लेबल पढेका थिए। उसका बुवा आमा दुवै शिक्षण पेसामा आबद्ध छन्। ए लेभल पास भएपछि विल्सनको उच्च शिक्षाको लागि प्रसिद्ध विश्व विधालयमा पढने अवसरको ढोका खोलेको थियो। सानै देखि गणित र विज्ञानमा पोख्त रहेका विल्सन आफ्नो स्नातक अध्ययनका लागि गणित र भौतिक शास्त्र अध्ययन गर्ने योजना बनाएका थिए। उसले सुरुमा बेलायतका अक्सफोर्ड विश्वविद्यालय वा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने योजना बनाएका थिए तर ति विश्वविद्यालयहरुले उनका रुचिका विषयहरुमा एशियाका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान नगर्ने कारण उनको सपना पुरा हुन सकेन । यसै अनुसार उनले विश्वका अन्य प्रसिद्ध विश्व विधालयमा निवेदन दिए तर उसको निवेदन अस्वीकार भए। यसले गर्दा विल्सनको मनमा सजाएको चाहनामा धक्का लागेको थियो। हार्वाडमा उसले पढने खर्च महङ्गो हुने भएकाले उसले हार्वाडलाई पहिलो रोजाइ बनाएका थिएनन्। अन्त्यमा उसले आफुले छात्रबृत्ति पाए मात्र पढ्ने सर्तमा हार्वाडमा निवेदन दिए र उसका मेहनतको फल स्वरूप उसले पुर्ण छात्रबृत्ति पाए । उसको छात्रबृत्ति नेपाली ९० लाख भन्दा बढीको रहेको छ र छात्रवृत्तिमा सबै शिक्षण शुल्क, पुस्तकहरू, स्वास्थ्य बिमा, आवास, व्यक्तिगत खर्च, यात्रा भत्ता र अन्य खर्च समेटिएको छ। उसलाई हार्वाडका शिक्षकहरूले भिडियो कल गरेर अन्तर्वार्ता लिएको र आफुले उनीहरूलाई प्रवावित पारेर आफुले यो अवसर पाएको कुरा जानकारी दिए।

 

आफुले गरेको मेहनत र परिश्रम अनि घरपरिवारको साथले गर्दा नै यो सम्भव भएको बताउँछन् विल्सन। कक्षा ८ मा पढदा उसले स्टेपिन हकिङ्को “बिर्फ हिस्ट्रि अफ टाईम” नामक पुस्तक पढेका थिए र यही पुस्तकले आफुलाई भौतिक शास्त्रमा आकर्षित गरेको कुरा जानकारी दिए। आफ्नो रुचि के हो र आफ्नो क्षमता के मा छ त्यो पक्षलाई जोड दिएर अघि बढे एक दिन अवस्य पनि गन्तव्यमा पुगिने उसले बताए। आफुले पाएको यो अवसरलाई सक्दो सदुपयोग गरेर अघि बढ्ने र सानै देखि आफ्नो बैज्ञानिक हुने सपना पुरा गर्ने र देशलाई विश्व सामु चिनिउने आफ्नो लक्ष्य रहेको कुरा व्यक्त गरे

Comments are closed.