बैशाख १२ पाेखरा / नेपाली युवा सन्तोष कुमार श्रेष्ठले आगामी जुन १३ तारिखमा दुवईमा हुने ‘वल्र्ड च्याम्पियन बडी विल्डर्स’ मा प्रतिस्पर्धा गर्ने भएका छन् । अस्ट्रेलियामा भएको राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा खुल्ला फिटनेस मोडेल तर्फ गोल्ड मेडल विजेता श्रेष्ठले पहिलोपटक विश्वव्यापी रुपमा हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
अहिले अस्ट्रेलियामा बस्दै आएका श्रेष्ठले सन् २०१४ बाट मात्रै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सुरु गरेका थिए । छोटो समयमै विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउने श्रेष्ठ सम्भवतः पहिलो नेपाली हुन् ।
श्रेष्ठले यसअघि आइ एन बिए, एन एस डब्लु च्याम्पियनसीपमा गोल्ड मेडल प्राप्त गरेका थिए भने आइ एन बि ए मस्कल एण्ड फिटनेश शो मा पनि उत्कृष्ट भित्र पर्न सफल भएका थिए । यसैगरी, अस्ट्रेलियामा भएका अन्य प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै उनी विश्वव्यापी प्रतियोगिताका लागि छानिन सफल भएका हुन् । नेपालमा बुटवलको सालझण्डी स्थायी घर भएका ३३ बर्षीय श्रेष्ठ सन् २००८ मा कामको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए ।
Comments are closed.