नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ

पोखरा, २६ मंसिर ।
हटलाइन संवाददाता,

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।प्रदेश समितिको यही मङ्सिर शनिबार २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन् । उनी अखिल नेपाल महिला सङ्घक्रान्तिकारीको केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेकी छन् ।गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन् ।

Comments are closed.