नेपाल तरुण दल माछापुच्छ्रे गाउपालिका रिभानको रक्तदान कार्यक्रम ,८६ युनिट रगत संकलन

पोखरा हटलाइन,

नेपाल तरुण दल माछापुच्छ्रे गाउपालिका वडा कार्यसमिति -५ रिभान का अध्यक्ष युवराज गुरुङ ( योगेन्द्र ) को अध्यक्षता नेपाली काङ्ग्रेसका महासमिति सदस्य खुशिमान गुरुङ को प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माछापुच्छ्रे -५ को वडा कार्यालय मा सम्पन्न उक्त कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ ।
प्रमुख अतिथि खुशिमान गुरुङले पहिलो रक्तदाता इन्दिरा दहाललाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम सन्चालन तरुण दल सचीव तेज प्रसाद पौडेलले गर्नुभएको थियो ।साथै माछापुच्छ्रे -५ रिभानमा इतिहासमै पहिलो पटक तरुण दल द्वारा रक्तदान कार्यक्रम आयोजना गरेको नेपाली काङ्ग्रेस प्रदेश निर्वाचन क्षेत्र -३ क का सचीव गङ्गा बहादुर गुरुङ विश्वास ले जानकारी दिनु भएको छ ।

फोटो फिचर;

 

Comments are closed.