नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेललाई कोरोना संक्रमण।


असोज
२७

पोखरा हटलाइन
✍️अजित तिमील्सिना

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेललाई  कोरोना संक्रमण पुष्टि भएको छ। आफु सँग सम्पर्कमा आएकोमान्छेलाई संक्रमण देखिएपछि पौडेलले  पिसीआर परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि भएपछि आफ्नो फेसबुक स्ट्याटसमा आफुलाई कोरोना पुष्टि भएको आफुमा कुनै पनि लक्षण नदेखिएको जनाएका  छन् अध्यक्षले आफु सँग सम्पर्कमा  आएकाहरूलाई विशेष ख्याल गर्न अनुरोध गरेका छन्। कोरोनालाई धेरै मान्छेहरूले जितेका छन् आफुले पनि कोरोनालाई छिट्टै जित्ने कुरामा विश्वस्त रहेको बताएका छन्।

Comments are closed.