नेपाल फोरजीमा प्रवेश।

नेपाल टेलि कमले नेपालमा पहिलो पल्ट मोवाईलमा फोर जी सेवा शुरू गरेको छ। जनवरी १ को अवसर पारेर पोखरा र काठमान्डौमा फोरजी संचालनमा ल्यएको छ। राजधानी केन्द्रीत सुविधा पहिलो पल्ट पोखराले राजधानी संगै उपभोग गर्न पाएको छ। तर यो अवसर नेपालका अन्य सहरहरूले भने पाउन सकेनन। यस अर्थमा पोखराले लोकतान्त्रिक गणतन्त्रको पहिलो स्वाद चाख्न पाएको हो।  टेलिकमले फोरजी सेवा अर्थात (चौथो पुस्ता ) सुरू त गर्यो तर पोखरा र काठमान्डौको सवै क्षेत्रमा एक साथ चलाउन सकेन। अर्को कुरा एप्पल व्रान्डका मोवाईल वोक्नेहरू यस वाट वन्चित भए। राम्रो संग अध्यायन नगरिकन हतपतमा अर्को कंम्पनीलाई उछिन्नको लागि मात्र सुरुवात गरिएको हो कि भन्ने पनि परेको छ।उपभोक्तामा देखियको यो अन्योल टेलिकमले छिट्टै निवारण गर्ने छ।   युवा लक्षित फोरजी सेवालाई गुणस्तरीय वनाउन सकियो र सर्वसुलभ पनि वनाउन सकियो भने यसवाट पर्याप्त फाईदा लिन सकिन्छ। गुणस्तरीय सेवा भएन र ग्राहकमात्र थपियो भने त्यसवाट उपलव्धी गुम्न सक्दछ। यता पट्टि पनि विशेष ध्यान दिनु जरूरी छ। टेलिकमले आफूले पाएको १ हजार ८ सय मेगाहर्ज ब्यन्डको फ्रिक्वेन्सीमा फोरजी सेवा सुरू गरेको छ। त्यसकालागि टेलिकमले यस ब्यान्डमा पाएको १५ मध्ये ५ मेगाहर्ज फ्रिक्वन्सीलाई प्रयोग गरेको छ। फोरजी संचालनको लागि यो अपुग छ भन्ने कुरा स्वंम टेलिकमले वताई रहेको छ। अहिले ३२ दशमलव ४ एमबीपीएस गतिको फोरजी सुरू गरिएको छ। उपभोक्ताले उच्च गतिको इन्टरनेट मार्फत सजिलै संग भिडियो कल र च्याट गर्न पाउछन। इन्टरनेटमा आधारित सेवा सवै उपलव्ध हुने हुदा यसैमा भिडियो कन्फरेन्स र थ्रिडि भिडियो समेत मोवाईलमा हेर्न सक्छन। यो सुविधाले नया नया अवसरहरू खोज्नेहरूलाई सहयोग पुर्याउने छ।फोरजी सेवालाई नया पुस्ता पनि भनिन्छ। संचार प्रबिधीमा आएको यो परिवर्तन विकसित मुलुक त के छिमेकी भारतले पहिलेनै संचालनमा ल्याईसकेको छ। संचारमा प्रविधिको प्रयोग अगाडी हुदै आएको नेपाल यो प्रविधि संचालनमा पछि परेको थियो।जे होस यतिवेला अाफ्नो नया कोशेली अपुरो र अधुरै भए पनि लिएर अएकोले नेपाल टेलिकमलाई धन्यवाद दिनै पर्छ।

Comments are closed.