पोखरा ८, पुस / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन साना मझौला पर्यटन इकाईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि वेलबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दीपक कुमाल, सचिवमा दामोदर गैरे, सहसचिवमा नारायण पुडासैनी, कोषाध्यक्षमा प्रेमबहादुर कार्की चयन भएका छन् । सदस्यहरुमा नन्दलाल पराजुली, सुमन तामाङ र मोहन गुरुङ चयन भएका छन् ।
जिफन्ट प्रतिनिधिमा कुमार आचार्य र सल्लाहकारहरुमा नेत्रबहादुुर गुरुङ, पानबहादुर गुरुङ, गंगाप्रसाद जोसी चयन भए । संगठनका केन्द्रीय सचिव कर्णसिंह गुरुङले उद्घाटन गरेको कार्यक्रममा जिफन्ट अञ्चल उपाध्यक्ष रुद्रबहादुर खत्री, संगठनका अञ्चल अध्यक्ष विष्णुबहादुर खत्री, सचिव कमल पौडेललगायतले बोलेका थिए । अध्यक्ष सुन्दर परियारको अध्यक्षतामा कार्यक्रम भएको हो ।
यसैबीच, नेपाल यातायात मजदुर संगठन बेगनास बस इकाईको १२औं अधिवेशनबाट अध्यक्षमा लेखनाथ भट्टराई, उपाध्यक्षमा विष्णु सुवेदी (प्रकाश), सचिवमा शैलेन्द्र विक, सहसचिवमा कमल कंडेल, कोषाध्यक्षमा सूर्य बास्तोला चयन भएका छन् ।
कार्यसमितिका सदस्यमा हरिप्रसाद भट्टराई, विजेश बसौला, लक्ष्मण नेपाली र विनोद सुवेदी चयन भएका छन् । अधिवेशनको जिफन्ट अञ्चल उपाध्यक्ष रुद्र खत्रीले उद्घाटन गरेका थिए ।
Comments are closed.