नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा १९ को अध्यक्षमा प्रकाश आचार्य

पोखरा ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तरगत पोखरा महानगरपालिका वडा नं १९ मा वडा कमिटी गठन भएको छ ।

प्रकाश आचार्यको अध्यक्षतामा गठन गरिएको वडा कमिटीको उपाध्यक्षमा रमेश के शि,उमनाथ बान्स्तोला सचीवमा हरिबहादुर बरुवाल कोषाध्यक्षमा प्रमोद पौडेल सह सचिवमा हरिबहादुर थापा ,इश्वरि गौतम ,यम नारायण बान्स्तोला र सह कोषाध्यक्षमा हिरा अधिकारी सहीत २९ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी कमिटी सदस्य सञ्जीब बहादुर कोइरालाले व्यवसायी सधै उपभोक्तामुखी हुनुपर्ने बताए । उद्योगी व्यवसायी वडा, महानगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म संगठीत हुनुपर्ने उनको जोड दिए ।कार्यक्रममा नवनिर्वाचित वडा कमिटी अध्यक्ष प्रकाश आचार्यले उद्योगी व्यवसायीको हक हितका लागि आफुले कदम चल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने नेकपा एमालेको भात्तृ संगठन हो ।

Comments are closed.