नेपाल साफ सुजुकि कपको सेमिफाइनलमा

📝अजित तिमिल्सिना

भदौ २३

बङ्गलादेशमा जारी साफ सुजुकि कपमा नेपालले घरेलु टोली बङ्गलादेशलाई २-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपाललाई सेमिफाइनल प्रवेशका लागि गर या मर को अवस्था थियो। आफ्ना सुरुवाति दुवै खेल जितेको बङ्गलादेशलाई बराबरीले नै सेमिफाइनलको यात्रा तय गर्न सक्थ्यो तर नेपाले उत्कृष्ट खेल प्रदर्शन गरेर बङ्गलादेशको सेमिफाइनल जाने ढोका बन्द गरिदियो । नेपालको जितमा चर्चित युवा खेलाडी बिमल घर्ती मगरले खेलको ३३औ मिनेटमा गोलको खाता खोलेका थिए। बिमलले निकै टाढाबाट उत्कृष्ट गोल गरेका थिए। विपक्षी गोलरक्षकले बचाउ गर्न खोज्दा बल हातमा लागेर जाली चुमेको थियो। त्यस्तै खेलको ९० औ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फरवार्ड नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित पक्का गरेका थिए। नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ र पाकिस्तान समुह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छ।

आफ्नो पहिलो खेलमा फितलो प्रदर्शन गरेको नेपाल दोस्रो र तेस्रो खेलमा आफ्नो कमजोरी पक्षलाई सुधार्दै उत्कृष्ट खेल प्रदर्शन गरेको छ। त्यस्तै नेपालले सेमिफाइनलमा समुह बि को उपविजेता सँग सामना गर्ने छ।

 

फोटो :Goalnepal

Comments are closed.